यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सम्पदा अहिले बनाउन खोजेर अहिल्यै बन्दैन । सम्पदा बन्न लामो युग लाग्छ । तर, त्यस्ता सम्पदा राष्ट्रको, जातिको, अझ मानव समाजको नै दुर्लभ तथा मूल्यहीन वस्तु ठहर्छन् । त्यस्ता सम्पदाको पुरातात्विक मूल्य त अङ्कमा उतार्न सकिँदैन । साथै अहिले बनाउन पनि सकिँदैन । तसर्थ, कोही व्यक्ति वा समुदायले त्यस्ता दुर्लभ सम्पदाउपर कुनै पनि कालखण्डमा कुनै पनि कृत्रिम वा अन्य कारण देखाई कब्जा गरिरहेको भेटिएमा त्यस्ता सम्पदालाई सार्वजनिक गर्नुपर्छ । अन्यथा देश सम्पदाविहीन, सभ्यताविहीन, संस्कृतिविहीन बन्न सक्छ । आजको प्रसङ्ग छ छायादेवी कम्प्लेक्सविरूद्धको सम्पदा रूपान्तरणको मुद्दा उठाएका छन् केही सम्पदाप्रेमीहरूले । ती जोसुकै हुन् तर हुन् सम्पदाप्रेमी । तिनीहरूलाई राष्ट्रले पूर्ण सम्मान एवं अभिनन्दन र पुरस्कृत गरिनुपर्छ । काठमाडौँ महानगरपालिका वडा नं. २६ ठमलेस्थित ऐतिहासिक कमलपोखेरी पुरेर छायादेवी कम्प्लेक्स बनाइएछ । अब अविलम्ब त्यो कम्प्लेक्स हटाई पूर्ववत सुन्दर कमलपोखरी नै कायम गरिनुपर्छ । सहरको माझमा कमलपोखरी ? कति सुन्दर परिकल्पना अघि अघिको पुस्ताको । बधाइ !
यसरी गराए निजी
नेपालको संविधान २०७२ ले शान्तिपूर्णरूपले भेला हुने, जुलुस प्रदर्शन गर्ने र धर्ना बस्न पाउने अधिकार प्रत्याभूत गरेको छ । त्यही अधिकार प्रयोग गरेर शान्तिपूर्ण धर्ना दिन पाइने मौलिक अधिकारको प्रयोग गर्ने अधिकारप्रेमीहरूलाई पक्राउ ग¥यो । सम्पदाप्रेमीहरूलाई सम्मान एवं पुरस्कृत गर्नुपर्नेमा पक्राउ गर्नु यो सरकारको संविधानविरोधी एवं प्रजातन्त्रविरोधी काम हो भनी सर्वत्रबाट निन्दा गरिएको छ । यो पक्राउ संविधानप्रदत्त वाक तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकको हनन र प्रजातन्त्रको मूल्य मान्यताविपरीत काम हो भन्ने आवाज उठिरहेको छ । अदालतबाट दोषी ठहर गरी सजाय पाएकाहरूले प्रचण्ड सरकारबाट माफी पाइरहेका छन् एकातिर भने अर्कोतर्फ देशकै सम्पदा मिची ऐतिहासिक वही कमलपोखरीमा बनाएको भवन, ऐतिहासिक धरोहर मासेको विरोध गर्नेहरूलाई पक्राउ गर्नुले यो सरकार को–कसबाट सञ्चालित एवं परिचालित छ भन्ने जनसमुदायले मुद्दा उठाइरहेको छ । लिच्छवीकालीन ऐतिहासिक वहीभित्र रहेका कमलपोखरीलाई राणा प्रधानमन्त्री चन्द्रशमशेरको छोरा केशरशमशेरले जबरजस्ती कब्जा गरेका थिए । त्यसपछि केशरशमशेरका छोरा केयुरशमशेरले पोखरी पुरेर वर्चश्व कायम गरेका थिए ।
कुट्ने होइन पुरस्कृत गर्ने
सार्वजनिक पोखरी पुरेकै ठाउँमा छायादेवी कम्प्लेक्स भवन बनाएर व्यापारिक क्रियाकलाप हुनलाग्यो । अहिले यो सबै रहस्य खुलेपछि सम्पदाप्रेमी स्थानीय बासिन्दाहरू प्रधान गुठीका गुठियारहरूमात्र हो र देशभरकै सम्पूर्ण सम्पदाप्रेमीहरू एकजुट भई सो गगनचुम्बी छायादेवी कम्प्लेक्स भत्काई सुन्दर कमलपोखरी नै पुनःनिर्माण गर्ने आन्दोलन गर्दै छन् । धर्ना दिने क्रममा प्रहरीले अशोक बज्राचार्य, पृथबिन्दु महर्जन, सरोज लवजु, पुण्यराम बाइजु, मनिष गोरा, कवीन्द्र डंगोल, नारायण महर्जन, विश्वक डंगोल, रमेश डंगोल, उपेन्द्र सुवाल, हरिरत्न गोर्खालीलगायत धेरै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूलाई विभिन्न ठाउँमा थुनिएको थियो । प्रहरीले थुनेको मात्र होइन साङ्घातिकरूपमा कति जनालाई आक्रमण पनि ग¥यो; यतिमात्र हो र ? सोधपुछको नाममा कतिपयलाई दुव्र्यवहार पनि गरेछ । यो एउटा हिजो जोगाउने उत्तम कामको श्रीगणेश हो । यस्ता दुर्लभ सम्पदा मुलुकभर कति छन् कति ? एक एक गरी पत्ता लाग्ने हो । यस्ता दुर्लभ सम्पदा पत्ता लगाई सार्वजनिक एवं सुरक्षित गर्न सके सम्पदा राख्नेका परिवार कति प्रसन्न एवं कृतज्ञ हुने थिए होलान् अनुमान गरौँ ।
सम्पदा जोगाऔँ
सबै सम्पत्ति सम्पदा हुँदैनन् । सम्पदा र सम्पत्तिको अन्तर छुट्याउन निकै मसिना वा सूक्ष्म कुरा छुट्याउनुपर्छ जस्तो लाग्छ । यसका लागि गम्भीर, धैर्य एवं संयमको आवश्यकता पर्छ । साना साना अन्तर कुन्तरले परिणाममा आकाश र जमिनको मात्र फरक पार्दैन आकाश पातालको अन्तर पार्दछ । बढी परिश्रम गरेर बढी सम्पत्ति कमाउन सकिन्छ । तर, सम्पदा बढी परिश्रम गरेर बढी कमाउन सकिने वस्तु होइन । सम्पदा आफूले कमाउन खोजेर कमाइँदैन । सम्पदा त पुर्खाले आफ्नो दक्ष सीप र कौशलको प्रयोग गरी बनाई छोडेर गएका दुर्लभ वस्तु हुन् । आगो, पानी, हावा, बढी हुनु पनि हुँदैन, नभइकन पनि हुँदैन । तसर्थ सम्पदाको संरक्षणमा सारै चनाखो एवं संवेदनशील हुनैपर्छ । सम्पत्ति एकपल्ट हानि नोक्सानी भए पनि पछि अनेकगरी खोजी साबिक बनाउन सकिन्छ । तर, सम्पदामा त्यस्तो गर्न सकिँदैन । यसकारण, पनि सम्पदाको संरक्षण अरू संवेदनशील भएको जस्तो लाग्छ । तसर्थ, सम्पदा जोगाउन बढी कडा हुनुपर्छ । ठमेलको कमलपोखरी सम्पदा हो ।
Leave a Reply