यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरेक राजनीतिक दलको सैद्धान्तिक तथा वैचारिक पक्ष हुन्छ । दल सिद्धान्त र विचारको आधारमै चलेको हुन्छ । सिद्धान्त र विचारअनुसार दल चलेन भने त्यहाँ अन्योल, अस्पष्ट र काम गर्न कठिनाइ हुन्छ । यसको कारण एउटै दलभित्र एउटै विषयमा फरक–फरक मत हुन्छ । दलका नेता तथा कार्यकर्ताहरूमा सैद्धान्तिक तथा वैचारिक अस्पष्टता देखिने बित्तिकै दलको गतिविधि अगाडि बढाउन अन्योल हुन्छ र निश्चित दिशा हुँदैन । यस्तो अन्योल नेकाभित्र देखिएको छ । त्यही कारण सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरूले सरकारले के के जनताको पक्षमा काम गरिरहेका छन् भन्ने बताउन सकेका छैनन् । गठबन्धन या भागबन्डाको सरकारमा रहेर उनीहरू शासक त भए । तर, उनीहरूले जिम्मेवारीका साथ काम गरिरहेका छैनन् । संयुक्त गठबन्धन सरकारमा कोही पनि जवाफदेही नहुने भएकोले नेकाको एक पक्षले नेका सत्ताबाट बाहिर निस्केर हाल गठन भएको समाजवादी मोर्चालाई अढाइ वर्ष सरकारको नेतृत्व दिनुपर्ने र बाँकी अवधि सिङ्गो नेकालाई दिनुपर्ने प्रस्ताव अघि बढाएको छ । यसले नेकाभित्र असन्तुष्टी बढेको थाहा हुन्छ । यसले नेकामा स्पष्ट धारणा नभएको सङ्केत गर्छ । ठूला र सरकारको नेतृत्व गरिरहेको दलमा असल नेतृत्वको अभाव भएको ज्ञात हुन्छ ।
नेकाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने, अढाइ वर्ष समाजवादी मोर्चा र अर्काे अढाइ वर्ष नेका एक्लैले सञ्चालन गर्ने नेकाका युवा नेता गगन थापाले के पार्टीको नीतिअनुसार फुकेका हुन् ? नेका रूपान्तरण अभियान वाग्मती प्रदेशद्वारा आयोजित सो कार्यक्रम पार्टीको निर्णयअनुसार भएको हो कि असन्तुष्ट पक्षको आयोजनामा भएको हो । त्यस्तो छलफल आ–आफ्नो पक्षधर नेता तथा कार्यकर्ताहरू भेला गरेर भन्ने हो कि पार्टीको बैठकमा भन्ने हो । ‘असन्तुष्ट पक्षले’ बोलाएको सो कार्यक्रममा सहभागी वक्ताहरूले सरकारले कुनै राम्रो काम गर्न नसकेको औँल्याए । विधिको शासन चलेन भने नेता–कार्यकर्ताहरू अनुशासनमा नबस्ने उनीहरूको दाबी हो । कुनै पनि नेता कार्यकर्ताले भ्रष्टाचार, अनियमितता या आपराधिक काम गरे सोको विरुद्ध बोल्नुपर्ने उनीहरूको जोड थियो । नेता तथा कार्यकर्ताहरू निष्ठावान हुनुपर्ने, सुशासनको नीति अघि सार्दै पार्टीमा शुद्धीकरण हुनुपर्ने र जनतामाझ दृढ विश्वासका साथ राम्रो विचार जनतामाझ पु ¥याउनुपर्ने उनीहरूको अभिव्यक्तिबाट नेकाको स्थिति सही ठाउँमा नभएको थाहा हुन्छ ।
पार्टी सञ्चालन गर्न, नेता, कार्यकर्ता तथा जनताको विश्वास जित्न असल नेतृत्वको खाँचो छ । दल र दलका नेता तथा कार्यकर्ताहरू देश र जनताप्रति जवाफदेही हुनुपर्छ । सरकारले जनतालाई राहत हुने खालको कार्ययोजना ल्याउनुपर्छ र व्यवहारमा उपयोग गर्नुपर्छ । सरकारले सामाजिक तथा आर्थिक रूपान्तरणमा जोड दिनुपर्छ† दलगत र व्यक्तिगत स्वार्थ छोडेर मुलुकलाई सही मार्गमा अघि बढाउनुपर्छ† देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक काम गर्नुपर्छ र देश तथा जनताको हित चिताएर परिणाम आउने काममा जोड दिनुपर्छ । देश र जनताको हित हुने परिवर्तनको खाका तयार गर्नुपर्छ । आफूले गरेको कुनै काम देशघाती नहोस् । देशमा दूरगामी असर नपरोस् । देश विदेशी शक्ति राष्ट्रको उठबसमा रहेर सरकार सञ्चालन नहोस् । देशको विकास गर्न देशलाई आत्मनिर्भर बनाउने काममा सत्तासीन दलका नेता तथा कार्यकर्ताहरू जहिल्यै अघि बढिरहनुपर्छ । असल, इमानदार, दूरदर्शी, देश र जनताप्रति जिम्मेवार दलको असल नेतृत्वले नै देशको मुहार फेर्न सकिन्छ ।
Leave a Reply