भर्खरै :

उपमेयर जोशीद्वारा पुरस्कार तथा प्रमाणपत्र वितरण

उपमेयर जोशीद्वारा पुरस्कार तथा प्रमाणपत्र वितरण

भक्तपुर, १७ कार्तिक । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले एभरेस्ट ह्विलचियर बास्केटबल फ्रेन्डसिप म्याचमा प्रथम भएका खेलाडीहरूलाई शुक्रबार एक कार्यक्रमबिच पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको छ ।
एभरेस्ट स्कूल मिबाछेँ भक्तपुरद्वारा आयोजित मैत्रीपूर्ण प्रतियोगितामा त्रिभुवन आर्मी क्लव टीम प्रथम भएको छ । प्रतियोगितामा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोस्रो भएको छ । मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामाङ मोस्ट भ्यालुएबल प्लेयर हुनुभएको छ ।
कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले अपाङ्गता क्षेत्रमा पनि उचित हेरचाह गरिरहेको बताउनुभयो । नगरपालिका क्षेत्रमा कुल ६ सय २५ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको भन्दै उहाँले आवश्यक ह्विलचियरलगायतका सामानहरू प्रदान गरी सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई सक्रिय बनाउन प्रत्येक वर्ष विश्व अपाङ्ग दिवसको अवसरमा कार्यक्रम गर्दै आएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा आयोजक स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेन्डसिप फस्ट, कम्प्युटिसन सेकेन्ड भन्ने मान्यताका साथ स्कूलले समयसमयमा विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले सके जितिन्छ, नसके सिकिन्छ भन्ने मान्यताका साथ खेलकुद गतिविधिहरू गर्दै आएको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले राष्ट्र र स्वास्थ्यको लागि खेल आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख जोशीले खेलाडीहरूलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *