फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
- कार्तिक २, २०८३
जेनेभा, ८ नोभेम्बर (प्रेस टीभी) । एक स्वतन्त्र संयुक्त राष्ट्र सङ्घका विज्ञले नागरिक पूर्वाधारमा व्यवस्थित बमबारी र इजरायलले घेरेको गाजापट्टीमा व्यापक विनाश युद्ध अपराध र मानवताविरूद्धको अपराध भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका मानवीय आवासमा विशेष प्रतिवेदक बालकृष्णन राजगोपालले बुधबार भन्नुभयो, “गाजापट्टीका लक्ष्यहरूमा इजरायली आक्रमणले घेरामा परेको प्यालेस्टिनी मानव बस्तीका सबै आवास एकाइहरूको ४५ प्रतिशत ध्वस्त पारेको वा क्षति पु¥याएको छ ।”
उहाँले इजरायली विनाशले मानव जीवनमा ठूलो मूल्य चुकाउने चेतावनी दिँदै भन्नुभयो, “उनीहरूले व्यवस्थितरूपमा नागरिकहरूको आवास र पूर्वाधारलाई ध्वस्त पार्ने र क्षति पु¥याउने र सम्पूर्ण सहरलाई नागरिकहरूको लागि बस्न नसक्ने बनाउनु युद्ध अपराध हो ।”
मानव अधिकार परिषद्का आयुक्त राजगोपालले भन्नुभयो, “सर्वसाधारण नागरिक जनताविरुद्ध निर्देशित हुन्छन्, तिनीहरू मानवताविरुद्धका अपराध पनि हुन् ।”
संयुक्त राष्ट्र प्रतिवेदकले जोड दिनुभएको छ, “आवास, नागरिक वस्तु र पूर्वाधारमा व्यवस्थित वा व्यापक बमबारी अन्तर्राष्ट्रिय कानुनद्वारा सख्त रूपमा निषेधित छ ।”
विज्ञका अनुसार अन्तर्राष्ट्रिय मानवीय कानुन नागरिक र सैन्य लक्ष्यहरूबिचको भिन्नतामा आधारित छ । उहाँले जोड दिनुभयो, “इजरायलमा नागरिक आवासले सैन्य लक्ष्यहरूको प्रतिनिधित्व गर्दैन ।”
राजगोपालका अनुसार इजरायलीले उत्तरी गाजापट्टी खाली गर्न आदेश दिएको थियो, जुन विस्थापितहरूका लागि पर्याप्त आश्रय वा सहायताको अभावमा जारी गरिएको थियो, पानी, खाना, इन्धन र औषधि कटौती गर्दै बारम्बार निकासी मार्ग र ‘सुरक्षित’ क्षेत्रहरूमा आक्रमण गर्दै, ‘अन्तर्राष्ट्रिय मानवीय कानुनको क्रूर र स्पष्ट उल्लङ्घन’ भएको थियो ।
गत हप्ता पनि, संयुक्त राष्ट्र सङ्घका विज्ञहरूको समूहले गाजामा ‘नरसंहार र मानवीय प्रकोप रोक्न’ समय सकिन लागेको चेतावनी दियो, इजरायलले घेरामा परेको गाजापट्टीलाई विनाश गर्ने योजनाहरू रोक्न अस्वीकार गरेकोमा गहिरो निराशा व्यक्त ग¥यो ।
उहाँहरूले गाजाका मानिसहरूलाई शरण र जीवन बचाउने चिकित्सा सेवाहरू प्रदान गर्ने संयुक्त राष्ट्र र मानवीय कामदारहरू र अस्पताल र विद्यालयहरूको सुरक्षाको बारेमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो ।
संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले बुधबार भन्नुभयो, “गाजामा मृत्यु हुनेको सङ्ख्याले इजरायलको अपरेसन ‘स्पष्ट रूपमा गलत’ देखाउँछ । गाजामा मारिएका सर्वसाधारणको सङ्ख्याले इजरायलको सैन्य कारबाहीमा ‘स्पष्टरूपमा गलत’ भएको सङ्केत गर्दछ ।”
गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता गाजामा इजरायली हमलामा ४ हजार ३२४ बालबालिकासहित कम्तीमा १०,५६९ प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ ।
गाजामा २० लाखभन्दा बढी प्यालेस्टाइनी भोकमरीमा
गाजामा २० लाखभन्दा बढी प्यालेस्टाइनी भोकमरीमा रहेको मानव अधिकारवादी समूहहरूले जनाएका छन् । अल मेजान सेन्टर फर ह्युमन राइट्सले तीमध्ये आधा बालबालिका रहेको बताएको छ ।
“हजारौँ गाजामा ‘रोटीको एक टुक्रा पनि’ खोज्न सङ्घर्ष गरिरहेका छन् । मानिसहरू धेरै थोरै काम गर्ने बेकरीहरूमा घण्टौसम्म लाइनमा बस्छन्,” समूहले भन्यो ।
मार्टिन ग्रिफिथले इजरायलले कब्जा गरेको पश्चिम किनाराको अवस्था ‘बढ्दो रूपमा डरलाग्दो’ हँुदै गइरहेको बताउनुभयो ।
उहाँले इजरायली सेना र बसोबास गर्ने आक्रमणको बिचमा बढ्दो प्यालेस्टिनीहरू मारिएका र घाइते भएका – बालबालिकाहरूसहित बढ्दो विस्थापनलाई औँल्याउनुभयो ।
यसैबिच, मानवअधिकार समूहहरूले भनेका छन् कि इजरायलले आक्रमणको सुरूवातदेखि नै प्रशासनिक नजरबन्दको प्रयोगलाई नाटकीयरूपमा बढाएको छ, जबकि जेलहरूमा यातना र अपमानजनक व्यवहारका घटनाहरूमा पनि आँखा चिम्लेको छ । प्रशासनिक नजरबन्द एक प्रक्रिया हो जसअन्तर्गत कैदीहरूलाई कुनै आरोपबिना राखिन्छ ।
स्थानीय गैरसरकारी संस्थाहरूलाई उद्धृत गर्दै उनीहरूले इजरायलले अक्टोबर ७ यता २,२०० भन्दा बढी प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको बताए ।
Leave a Reply