भर्खरै :

नेपाल संवत् ११४४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल संवत् ११४४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

काभ्रे, २८ कार्तिक । नेवाः पत्रकार राष्ट्रिय दबु, काभ्रे कचाःद्वारा नेपाल संवत् ११४४ को अवसरमा मङ्गलबार शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा साहित्यकार एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा जनमत मासिकका प्रधानसम्पादक मोहन दुवालले नेपाल संवत् ११४४ शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै शुभकामना आदानप्रदान कार्यक्रममा गैरनेवार अतिथिहरूको सहभागिता हुनु सुखद र खुसीको कुरो हो भन्नुभयो ।
“नेपाल संवत् नेवारहरूले मात्र नभई सबै नेपालीले आत्मसात गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबु, काभ्रे कचाःका अध्यक्ष सोमकाजी शाक्यले नेपाल संवत् ११४४ को अवसरमा शुभकामना व्यक्त गर्दै दबुले पत्रकारितालाई मात्र नभई भाषा, साहित्य, कला र संस्कृतिको उत्थान र संवद्र्धनलाई पनि ध्यान दिएको बताउनुभयो ।
प्रकाशबहादुर कायष्ठले नेपाल संवत् ११४४ न्हू दँको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *