रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
कार्तिक महिनाबाट सशस्त्र प्रहरी बलले मधेश प्रदेशबाट सुरु गरेको नेपाल–भारत सीमास्तम्भहरूको मर्मतसम्भारलाई देशव्यापी बनाइने अधिकारीहरूले बताएका छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ताले नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप नामक संयन्त्रको निर्णय अनुसार जोर सीमास्तम्भ भारतले र बिजोर सीमास्तम्भ नेपालले मर्मत गर्ने काम अघि बढाइने बताएका हुन् ।
एक जना सीमाविद्ले सुस्त रहेको सीमास्तम्भ मर्मतका कामहरू अघि बढ्नु सकारात्मक भएको र त्यसलाई भारत र नेपाल दुवैका सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा विवादरहित ढङ्गले टुङ्गोमा पु¥याइनुपर्ने बताए ।
उनका विचारमा एक दशकभन्दा लामो समयदेखि नेपाल चीन संयुक्त सीमा संयन्त्रको बैठक बस्न सकेको छैन जसले गर्दा उत्तरतर्फका नाकाहरूमा पनि सीमास्तम्भहरूको नियमित मर्मतसम्भारमा चुनौती देखिएको छ ।
सीमास्तम्भहरूको अवस्था कस्तो छ ?
नेपाल र भारतबिच १८ सय किलोमिटरभन्दा लामो सीमारेखा रहेको छ भने नेपाल र चीनबिच १४ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ ।
तर, दुवै देशका सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको नियमित मर्मतसम्भारको काम अपेक्षाअनुसार हुन नसकेको विज्ञहरू ठान्छन् ।
एक जना सीमाविद् बुद्धिनारायण श्रेष्ठले बीबीसीसँग भने, “नक्साअनुसार नेपाल–भारत सीमामा ८, ५५३ सीमास्तम्भ हुनुपर्ने हो । तर, त्यसमध्ये झन्डै ४९ प्रतिशत सीमा खम्बा स्थापित गर्न बाँकी नै छ ।”
नेपाल – भारत बोर्डर वर्किङ ग्रुपले ३ वर्ष यता काम गर्न नसकेको उल्लेख गर्दै उनले भारतीय पक्षको सुस्तताका कारणले उक्त संयन्त्रको बैठकसमेत हुन नसकेको बताए ।
आफ्नो अध्ययनलाई उद्धृत गर्दै श्रेष्ठले नेपाल र भारतबिच १,५०६ वटा सीमा खम्बा जीर्ण अवस्थामा रहेको र २,८९१ वटा खम्बा सामान्य मर्मत गरे पनि हुने अवस्थामा रहेको उल्लेख गरे ।
उनी भन्छन्, “स्थापना गरेको ४,३६० सीमास्तम्भहरूमध्ये मेरो अध्ययन अनुसार २०२ वटा लोप भएको छ । ४९९ वटा खोलाले बगाएको छ । अहिले सशस्त्र प्रहरी बलले सीमास्तम्भ मर्मत र रङ्गरोगनको काम अघि बढाएका छन् । कति ठाउँमा भारतीय सुरक्षा बलको पनि उपस्थिति छ र कति ठाउँमा उनीहरू उपस्थित नभएका विवरण आएका छन् । सीमामा त्यस्तो काम गर्दा दुवै देशका निकायहरूको उपस्थितिमा काम हुनुपर्छ ।”
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार नेपाल र भारतका सीमा सुरक्षा बलको उपस्थितिमा नै सीमास्तम्भहरूको मर्मतको काम भइरहेको छ ।
उनले भने, “भारतको एसएसबीले अगाडि नै धेरै पिलरहरू मर्मत गरिसकेको अवस्था हो । २०७७ साल साउनमा नेपाल सरकारले सशस्त्र प्रहरी बललाई सीमास्तम्भको रेखदेख गर्ने र मर्मत एवं संरक्षण गर्ने सहितका जिम्मा दिइने छ भनेर निर्णय गरेपछि कार्यविधिहरू तयार गरियो । सरकारले बजेट दिएपछि अहिले पहिलो चरणमा हामीले जीर्ण हुन लागेको र रुग्ण देखिएकोलाई मर्मत गर्ने काम थालेका हौँ ।”
उनका अनुसार कार्तिक महिनाबाट सुरु भएको अभियानअन्तर्गत तिहारअघि मधेश प्रदेशका जिल्लाहरूका सीमास्तम्भहरूको मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उनले भने, “अहिले मधेश प्रदेशका ६ वटा जिल्लामा काम गरिएको छ । तर अब तिहारपछि हामी अरू प्रदेशमा पनि काम अघि बढाउँछौँ ।”
प्रवक्ता खड्काले स्थानीय प्रशासन र आफ्नो भारतीय समकक्षीसहितको उपस्थितिमा मात्रै कुनै पनि निर्माणको कार्य गरिने बताए ।
उनले भने, “उता एसएसबीले पनि यता सशस्त्र प्रहरी बलको उपस्थिति बिना काम गर्दैन । हामीले पनि जिल्ला प्रशासनदेखि नापी विभाग र एसएसबीको पनि प्रतिनिधि राखेर मर्मतसम्भार र रङ्गरोगनको काम गरिरहेका छौँ ।”

अन्तर्राष्ट्रिय सीमा सुरक्षा कसको जिम्मा हो
अन्तर्राष्ट्रिय सिमाना र सीमास्तम्भको सुरक्षा गृह मन्त्रालयको काँधमा छ । विक्रम संवत् २०७८/२०७९ को एउटा प्रतिवेदनमा उक्त आर्थिक वर्षमा नेपाल भारत सीमामा २ वटा घर टहरा जस्ता संरचना हटाइएका र एसएसबीबाट भएका ३ वटा दशगजा अतिक्रमणका घटनामा सशस्त्र प्रहरी बलले रोक लगाइएको उल्लेख छ ।
कालापानी र सुस्ताका कारण नेपाल र भारतबिचको सीमा समस्या जटिल बन्ने गरेको छ । केही वर्ष पहिले जारी गरिएको चुच्चे नक्साले उक्त मामिला थप चुनौतीपूर्ण बनेको छ ।
चीनसँगको सीमास्तम्भमा के समस्या ?
सीमाविद् बुद्धिनारायण श्रेष्ठजस्ता कतिपय विज्ञहरूले नेपालको उत्तरी सीमामा पनि सीमास्तम्भहरू मर्मत सम्भार गर्नु आवश्यक भइसकेको बताउँछन् ।
श्रेष्ठले बीबीसीसँग भने, “चीनसँगको सिमानामा ७९ वटा मूल खम्बा र २० वटा सहायक खम्बाहरू रहेका छन् । नदीको बहावका कारणले लगभग केही खम्बाहरू जीर्ण भएका छन् । पूर्व पश्चिम गरेर १२ वटा खम्बाहरू जीर्ण छन् र यिनको मर्मत गरिएको छैन ।”
नेपाल–चीन संयुक्त सीमा समितिले सन् २०१२ यता काम गर्न नसकेकोले मर्मत सम्भारको काम हुन नसकेको उनको भनाइ छ ।
उक्त क्षेत्रमा चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने विवरणहरू आएपनि सरकारले नेपाल र चीनबिच त्यस्तो समस्या नरहेको प्रतिक्रिया जनाएको थियो ।

सीमास्तम्भहरूमा किन समस्या आउँछन्
नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा ठूला, मझौला र साना गरी तीन खालका सीमास्तम्भहरू छन् ।
त्यसमध्ये साना सीमास्तम्भहरूको मर्मत अधिकांश अवस्थामा हुने गरेको सीमाविद् श्रेष्ठ बताउँछन् ।
उनले भने, “साना स्तम्भ जमिनबाट डेढ फुट अग्लो हुन्छ । अक्सर मान्छेहरूले बन्चरोले हानेर भत्काउँछन् । मध्यम र मूल पिलरहरू निर्माण गर्न केही समय लागेको हुन्छ ।”
सशस्त्र प्रहरी बलका प्रवक्ता खड्काले साना स्तम्भहरू कतिपय तराईका जिल्लाहरूमा गाईवस्तु बाँध्ने किलाको रूपमा परिणत भएको बताए ।
उनका अनुसार बाढीजस्ता विपद्ले पनि सीमास्तम्भहरू बगाइरहेको छ ।
गृहमन्त्रालयले सशस्त्र प्रहरीलाई भारत र चीनसँगको सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको डिजिटल प्रोफाइल तयार पार्ने जिम्मा पनि दिएको थियो ।
सशस्त्र प्रहरी बलका प्रवक्ताले लगभग सबै सीमास्तम्भहरूको डिजिटल प्रोफाइल आफूहरूले तयार पारेको बीबीसीलाई बताए ।
उनी भन्छन्, “केही समयमा नै हामी त्यो काम सबै भ्याउने अवस्थामा छौँ। हरेक पिलरको अवस्थिति र फोटो खिचेर हामीले एल्बम नै बनाएका छौँ ।”
–बीबीसी नेपाली सेवा
Leave a Reply