अन्ना लुइस् : बिर्सन नसकिने एक क्रान्तिकारी महिला – १
- मंसिर २०, २०८०
भक्तपुर, ३ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङले आइतबार भेट गर्नुभयो ।
सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्ध वर्तमानमा विभिन्न आयामसहित घनिष्ट हुँदै गएको बताउँदै उच्च तहका चिनियाँ प्रतिनिधिमण्डलहरूको नेपाल भ्रमण स्वागतयोग्य भएको बताउनुभयो ।
नेमकिपा वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी भएको बताउँदै उहाँले नेमकिपाका जनप्रतिनिधिले देश र जनताको निःस्वार्थ सेवा गरिरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नपाले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई प्राथमिकता राख्दै काम गरिरहेको बताउँदै उहाँले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यअनुरूप काम गरिरहेको बताउनुभयो ।
चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख ह्वामिङले भक्तपुरको न्यानो स्वागत र व्यवस्थित अवलोकनको निम्ति धन्यवादज्ञापन गर्दै दुई नगरबिच मैत्रीपूर्ण सहरको सम्बन्ध स्थापित गरी विभिन्न विषयमा सहकार्य गरी अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।
चिङ्काङ्शान चीनको च्याङ्सी प्रान्तको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण नगर भएको बताउँदै उहाँले पर्यटन र संस्कृतिमा भक्तपुर र चिङ्काङ्शानबिच धेरै विषयमा समानता रहेको बताउनुभयो ।
उहाँले चिङ्काङ्शान चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनगणतन्त्र सुरु गरेको ठाउँ भएको बताउनुभयो ।
टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभएको थियो । सोही क्रममा उहाँहरूले भक्तपुरका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । साथै टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप अस्पताल, ख्वप कलेज, ख्वप मावि र ख्वप कलेज अफ लको स्थलगत अवलोकन गर्नुभयो ।
भेटमा चिङ्काङ्शान नगरपालिकाका मुख्य प्रशासक लोङ ल्यानह्वाउ, माओपिङ नगर समितिका पार्टी सचिव लि स्याओफेङ, चिङ्काङ्शान नगर स्वास्थ्य कमिसनका निर्देशक, चिङ्काङ्शानका उपनिर्देशक ऊ जुआनलगायतको उपस्थिति रहेको थियो ।
भेटमा नगर प्रमुख प्रजापति र उपप्रमुख ह्वामिङबिच उपहार आदानप्रदान भएको थियो ।
Leave a Reply