भर्खरै :

युवाहरू विदेश पठाएर नेपाल कृषिमा आत्मनिर्भर नहुने

युवाहरू विदेश पठाएर नेपाल कृषिमा आत्मनिर्भर नहुने

भक्तपुर, ९ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवाहरू जति विदेश पठाएर देश कृषिमा आत्मनिर्भर हुन नसक्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ मा भएको माटो परीक्षण शिविर कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले कृषिप्रधान देशमा तरकारी, अन्न, फलफुल, मासुजस्ता कृषिजन्य वस्तुहरूमात्र वर्षको करिब ३ खर्बको आयात गर्नुपर्ने स्थितिमा पु¥याएर सरकारले देशलाई कृषिमा परनिर्भर बनाएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इटापाके आवास योजनामा आइरहेको केही समस्याबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “विवाद र समस्याको समाधान संवाद र सहमतिमा टुङ्गिन्छ । गुनासो छ भने त्यसको निराकरण गर्ने समिति छ । जबरजस्ती काममा बाधा पु¥याउने कोशिश गर्छ भने ढिलाइको जिम्मेवारी पनि उसैले लिनुपर्छ ।”
उहाँले थप भन्नुभयो, “समस्या समाधानको निम्ति हामी जनप्रतिनिधिहरू सधैँ प्रयत्नरत रहनेछौँ ।”
भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आयोजनाबारे विस्तृत जानकारी दिँदै गुनासो अध्ययन समितिले एकएक गरी छलफल गरी समाधानको कोशिश गरिरहेको जानकारी दिनुभयो ।
जनताको हितमा आयोजना सञ्चालन गरिरहेको बारे स्पष्ट पार्दै नगरपालिका र जनप्रतिनिधिहरूमाथि जथाभावी लान्छना लगाउनु गलत हो भन्नुभयो ।
भनपा कृषि समितिका संयोजक राजकृष्ण गोराले नगरपालिकाहरूले आ–आफ्नो जग्गाको माटोबारे सही जानकारी पाउन र उर्बर शक्ति बढाउन माटो परीक्षण शिविरको आयोजना गरेको बताउँदै भनपाले किसानहरूलाई सस्तो कम्पोष्ट मल वितरण गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजुले माटो परीक्षण शिविरको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो ।
वडागत रूपमा माटो परीक्षण शिविर चलिरहेको क्रममा यो २ नं वडामा भएको हो । यस किसिमका शिविरहरूले भक्तपुर जिल्लामै माटोको गुणस्तर बुझ्न सहज हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *