पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
गाजा, १० मङ्सिर (एएफपी) । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको दोस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको छ ।
इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमा लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् । रिहा भएका ती १७ जना प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायल फिर्ता पठाइने बन्धकहरूको दोस्रो समूह हुन् ।
स्थानीय समयअनुसार शनिबार अपराह्न ४ बजे उक्त आदानप्रदान हुने तय भएको थियो तर इजरायलले चारदिने मानवीय युद्धविराम सम्झौताका शर्तहरू पूरा गर्न असफल भएको आरोप हमासले लगाएपछि कैदी तथा बन्दीहरूको आदानप्रदान केही घण्टा ढिला भएको थियो ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले कतार र इजिप्टद्वारा दुवै पक्षसँगकोे सम्पर्कबाट ‘अवरोध’ अन्त्य गर्न समन्वय गरिएको र शनिबार राति ३९ जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिने जानकारी दिनुभयो ।
हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु
यसैबिच हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरूद्ध इजरायलले गरेको आक्रमणको क्रममा उत्तरी ब्रिगेडका कमान्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ ।
इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । घान्डोर हमासका शीर्ष कमान्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए ।
विज्ञप्तिमा भनिएको छ, “हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौँ, हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ । उनीहरूको रगत मुजाहिदीनका लागि ज्योति र कब्जाकारीहरू (इजरायल) का लागि आगो हुनेछ ।”
गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमान्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पु¥याएको बताएका थिए ।
घान्डोरले दुई पटकसम्म इजरायली जेलमा कैदी जीवन बिताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाई आक्रमणमा परी उनले आफ्ना दुई छोरा गुमाएका थिए ।
सन् २०१४ को युद्धको क्रममा इजरायलमा रकेट प्रहार गरेको आरोपमा सेनाले उनको घर भत्काएको थियो र त्यसको एक वर्षपछि इजरायलको एक गैरसरकारी संस्थाले उक्त द्वन्द्वको क्रममा युद्ध अपराध गरेको अभियोगमा उनको नाममा मुद्दा दायर गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले त्यतिबेला उनी हमासको राजनीतिक ब्युरोको सदस्य हुनुका साथै गाजा, वेस्ट बैङ्क र विदेशका आफ्ना नेताहरूलाई समूहबद्ध गर्ने लडाकु समूहको ‘शूरा काउन्सिल’ मा रहेको बताएको थियो ।
गाजाका हमास शासकहरूले हालैको इजरायली आक्रमणमा करिब १५ हजार मानिसहरूको ज्यान लिएको र त्यसमा अधिकांश सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।
इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार सेनाले हमासको लडाकु फौजलाई ठुलो क्षति पु¥याएको छ, जसमा एक हजार लडाकुका २४ बटालियन रहेका छन् ।
हमासले जारी युद्धविरामको तेस्रो दिन आइतबार यो तथ्यलाई पुष्टि गरेको हो । युद्धविराम सम्झौताअन्तर्गत हमासले २६ जना इजरायली बन्धक फिर्ता गरेको छ भने १५ जना विदेशी नागरिकलाई फिर्ता गरेको छ । यी सबै महिला र बालबालिकालाई दुई समूहमा रिहा गरिएको हो ।
Leave a Reply