भर्खरै :

कीर्तिपुर नगरव्यापी अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिता सुरु

कीर्तिपुर नगरव्यापी अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौँ, १० मङ्सिर । कीर्तिपुर व्याडमिन्टन क्लवको आयोजनामा चौथो कीर्तिपुर नगरव्यापी अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिता आइतबारबाट सुरु भयो ।
१२ र १४ वर्षमुनिका छात्र÷छात्रा विधा प्रतियोगिताको उद्घाटन क्लवका पूर्वसंस्थापक अध्यक्ष एवं सल्लाहकार दुर्कमान महर्जनले रेफ्रिलाई खेलकुद सामग्री हस्तान्तरण गरी गर्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकार महर्जनले खेलाडीहरूले खेल मनोरञ्जनको रूपमा नलिई दक्ष र उत्कृष्ट हुने ढङ्गले खेल्नुपर्ने बताउनुभयो ।
नेपाल खोखो सङ्घका अध्यक्ष प्रदीप महर्जनले हरेक प्रतियोगिताको शुभारम्भ विद्यालयबाट सुरू गर्नुपर्ने उल्लेख गर्नुभयो ।
क्लवका अध्यक्ष चन्दन महर्जनको सभापतित्वमा भएको कार्यक्रममा क्लवका सचिव नारायण महर्जन, सन्तोष महर्जनलगायतले बोल्नुभएको थियो । प्रतियोगिता मङ्सिर १२ गतेसम्म चालु रहने आयाजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *