भर्खरै :

पुरातत्व विभागका टोलीद्वारा थन्थु दरबार पुनःनिर्माणस्थलमा निरीक्षण

पुरातत्व विभागका टोलीद्वारा थन्थु दरबार पुनःनिर्माणस्थलमा निरीक्षण

भक्तपुर, १२ मङ्सिर । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी तथा दुर्हाम विश्वविद्यालयका प्रो. रोबिन कनिङघमसहितको टोलीले मङ्गलबार भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार पुनःनिर्माण क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीसहितको उपस्थितिमा भएको उक्त निरीक्षणका क्रममा नगर प्रमुुख प्रजापतिले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर नपाको पुरानो भवनको रूपमा रहेको थन्थु दरबार पुनःनिर्माण कार्य बहुवर्षीय योजनाको रूपमा अगाडि बढाइएको र सो दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने योजनाअनुसार नगरपालिका अगाडि बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी पुरातत्व विभाग समेतबाट नक्सा स्वीकृत गराई पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको हो । पुरानो भवन भत्काइसकेको र पुरातत्व विभागसँग समन्वयमा उक्त दरबार पुनःनिर्माण कार्य नगरपालिकाले गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *