नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
कैलाली, १२ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा पार्टी कार्यालय लम्कीमा विश्व सर्वहारावर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्मजयन्तीको अवसरमा अध्ययन गोष्ठी गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले एङ्गेल्स एक उद्योगपतिका छोरा भए पनि सर्वहारावर्गको लागि जीवनभर सङ्घर्ष गरेको बताउनुभयो । माक्र्सवादी सिद्धान्त प्रतिपादित हुनुमा उहाँको ठुलो भूमिका रहेको स्पष्ट पार्दै उहाँले एङ्गेल्स माक्र्सका साथीमात्रै होइन विश्व सर्वहारावर्गका महान् गुरु पनि हुनुहुन्थ्यो भन्नुभयो । संसारमा किसान र मजदुरको पनि राज्य व्यवस्था हुन्छ भनी प्रमाणित भइसकेकोले आज संसारमा समाजवादी व्यवस्थाको विकास भएको उहाँले भन्नुभयो ।
नेपालका नामधारी कम्युनिस्ट पार्टी संशोधनवादी र पुँजीवादी भएकोले कामदार जनताको हितमा नियम कानुन बन्न नसकेको उल्लेख गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले जनताको प्रजातन्त्र हुँदै समाजवादी व्यवस्था र साम्यवादी व्यवस्था ल्याउन पार्टी प्रकाशन अध्ययन गरी जनताको सेवा गर्नुपर्छ भन्नुभयो । उहाँले जनतालाई व्यक्तिको पछि होइन, विचारको पछि लाग्न सचेत पार्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले स्वास्थ्य, शिक्षा रोजगार समाजवादी व्यवस्थामा सुनिश्चित हुन्छ भन्नुभयो । महिलाको मुक्ति वर्गीय मुक्ति सँगै हुने उहाँले बताउनुभयो । नेमकिपा कैलालीका सदस्य ज्योति बडुवालले माक्र्स, एङ्गेल्सका कृति र प्रकाशन अध्ययन गरी जनताको सेवा गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सचिव गगनबहादुर थापामगर, कोषाध्यक्ष जानकी सिजापति, नेपाल क्रान्तिकारी किसान सङ्घ कैलालीका अध्यक्ष गजबहादुर दर्लामीमगर, नेपाल क्रान्तिकारी युवा सङ्घ कैलालीका अध्यक्ष प्रेमबहादुर सिजापति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य प्रतिभा रावलले एङ्गेल्सको जीवनीबारे बोल्नुभएको थियो ।
Leave a Reply