भर्खरै :

गाजामा मानवीय युद्धविराम लम्ब्याइने : प्यालेस्टिनी स्रोत

गाजामा मानवीय युद्धविराम लम्ब्याइने : प्यालेस्टिनी स्रोत

गाजा, १३ मङ्सिर (सिन्ह्वा/एएफपी) । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबिच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा आजै हुने अपेक्षा गरिएको छ ।
इजरायली सञ्चार माध्यमले युद्धविरामको समयावधि बिहीबार सकिएपछि थप्ने ‘प्रारम्भिक’ सहमति भएको उल्लेख गरेका छन् । इजरायलले यसअघि हमासले दैनिक कम्तीमा १० जना इजरायली बन्धकलाई मुक्त गर्न जारी राखेमा युद्धविराम अझै लम्बिन सक्ने बताएको थियो ।
नाम नबताउने शर्तमा प्यालेस्टिनी स्रोतले सिन्ह्वालाई बताएअनुसार हमासले कतारी र इजिप्टका मध्यस्थकर्ताको लागि २० जना इजरायली बन्धकको नामसहितको नयाँ सूची तयार पारेको छ ।
स्रोतका अनुसार हमासले मध्यस्थताकर्तासँग गाजापट्टीमा रहेका थप बन्धकहरूलाई मुक्त गर्न र गाजामा खाद्यान्न तथा अति आवश्यक सामग्रीको आपूर्ति गर्न युद्धविरामलाई थप केही दिन लम्ब्याउन चाहेको जानकारी दिएको छ ।

(231129) — GAZA, Nov. 29, 2023 (Xinhua) — This aerial photo taken on Nov. 28, 2023 shows a temporary refugee camp in the southern Gaza Strip city of Khan Younis. At least 1.7 million people have been displaced in the Gaza Strip, the UN Office for the Coordination of Humanitarian Affairs (OCHA) has warned in a recent statement. (Photo by Rizek Abdeljawad/Xinhua)

गाजामा भोकमरीको सङ्कट उच्च छ : राष्ट्र सङ्घ
गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ ।
डब्लुएफपीले इजरायल र हमासबिच चारदिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।
पछिल्लो समय मङ्गलबार दुई दिनको लागि युद्धविराम थपिएको छ । युद्धविरामको लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भन्नुभयो, “हाम्रा टोली सम्बन्धित क्षेत्रमै छ, हामी लामो समयदेखि पुग्न नपाएको ठाउँमा जाँदै छौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।”
डब्लुएफपीले अनुमान गर्दै भनेको छ, “यदि डब्लुएफपीले निरन्तररूपमा खाना पु¥याउन सकेन भने गाजाको जनसङ्ख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।”
खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि छ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा सङ्कट सुरु भएपछि डब्लुएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *