भर्खरै :

राम, सीता र बद्रीनारायण मन्दिर पुनः निर्मँण गर्न शिलान्यास

राम, सीता र बद्रीनारायण मन्दिर पुनः निर्मँण गर्न शिलान्यास

भक्तपुर, १३ मङ्सिर । भनपा वडा नं. ७ हनुमानघाटस्थित राम, सीता तथा बद्रीनारायण मन्दिर पुनःनिर्माणको लागि बुधबार शिलान्यास भयो ।
कार्यक्रममा भनपा ७ का वडाध्यक्ष उकेश कवांले हनुमानघाट नेपालको धार्मिक तीर्थस्थलमध्ये महत्वपूर्ण तीर्थस्थल रहेको बताउँदै यो स्थल भक्तपुरका जनताको भावनात्मक एकताको केन्द्र बनेको बताउनुभयो । उहाँले पुर्खाले सिर्जेको पुरातात्विक महत्व बोकेको सम्पदालाई संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भनपाले भूकम्पपछि १४५ वटा सम्पदा पुनः निर्माण गरिसकेको पनि बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष रत्नलाल साँदले हनुमानघाटको संरक्षण गर्नुपर्ने बताउँदै मानव समाजसँग जोडिएको तीर्थस्थललाई जोगाउन आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भनपाले नियमितरूपमा खोला सुधार गरिरहेको पनि बताउनुभयो ।
उक्त शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष उद्धव खाइतुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *