भर्खरै :

बाराही पीठ भक्तपुरको एक महत्वपूर्ण सम्पदा

बाराही पीठ भक्तपुरको एक महत्वपूर्ण सम्पदा

भक्तपुर, १५ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धर्म र संस्कृति आस्था र विश्वाससँग सम्बन्धित विषय भएको बताउँदै भक्तपुरका महत्वपूर्ण सम्पदाहरूमध्ये बाराही पीठ पनि एक भएको बताउनुभयो ।
बाराही विकास पीठ समितिको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर धार्मिक पर्यटनको यथेष्ट सम्भावना बोकेको सहर भएको बताउँदै यहाँका सम्पदाहरूको संरक्षणको जिम्मा सबैको साझा कर्तव्य भएको बताउनुभयो ।
बाराही पीठ समितिले पारदर्शी र जनताप्रति उत्तरदायी भएर काम गरे जनताको उक्त संस्थाप्रति आस्था र विश्वास पनि बढ्ने बताउँदै उहाँले बाराही परिसर सुधार र सरसफाइजस्ता गतिविधिमा स्थानीय जनताको सक्रिय सहभागिता हुनु जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नपाले अरनिको सभाभवन निर्माणको प्रक्रियालाई अगाडि बढाइरहेको अवगत गराउँदै उहाँले नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा गरिरहेको सकारात्मक कदमबाट सम्पूर्ण जनता लाभान्वित भएको बताउनुभयो ।
ब कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले समितिको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै धर्म परिवर्तनको नाममा देशमा सांस्कृतिक अतिक्रमणको खतरा बढिरहेको बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले बाराही पीठ विकास समितिबाट विगतका वर्षदेखि नै भक्तजनहरूलाई सुविधाको लागि भौतिक पूर्वाधारहरू निर्माण गरी सुविधाहरू दिँदै आएको बताउँदै भजनको माध्यमबाट समाजमा व्याप्त अन्याय र दमनका विषय पनि उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका सचिव विक्रम देउबन्जारले आ.व. २०७५।७६ देखि २०७९।८० सम्मको कार्यबाहक अध्यक्ष र सचिवको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अनन्तप्रसाद धौभडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा समितिका सहकोषाध्यक्ष सुनिता अवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बाराही पीठ विकास समितिको आठौँ अधिवेशनले समितिका अनन्तप्रसाद धौभडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतिबाट गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *