भर्खरै :

मजदुरहरूबिच फ्रेडरिक एङ्गेल्सको दिवस मनाइयो

मजदुरहरूबिच फ्रेडरिक एङ्गेल्सको दिवस मनाइयो

भक्तपुर, १५ मङ्सिर । विश्व सर्वहारा वर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवस मजदुरहरूको भेला गरी शुक्रबार मनाइयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिद्वारा आयोजना गरिएको सो कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले एङ्गेल्स उद्योगपति भएर पनि कार्लमाक्र्ससँग विचार मिलेको कारण माक्र्सवादी सिद्धान्त प्रतिपादन गर्न ठुलो भूमिका निभाएको बताउनुभयो ।
इजरायल र प्यालेस्टाइनबिच युद्ध भइरहेको ७५ वर्ष भयो । अन्तर्राष्ट्रिय नियमअनुसार बाल बच्चाहरूलाई युद्धमा सुरक्षित गरिनुपर्ने हो । तर, प्यालेस्टाइनमा इजरायली सेनाले हरेक १० मिनेटमा १ जना बालक मारिरहेको छ । हरेक १ घण्टामा एक जना महिलाको मृत्यु भइरहेको छ, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “इजरायलले आजभन्दा २० वर्षअगाडि नै १० हजार बालबालिकाहरूलाई जेलमा कब्जा गरिराखेको छ । हाल युद्धमा ८ सय जना बालबालिकाहरूलाई इजरायली सेनाले बन्दी बनाइराखेको अवस्था छ । ३५ वटा अस्पतालमध्ये २६ वटा बन्द भइसकेको छ । ७२ वटा क्लिनिकहरूमध्ये ५२ वटा बन्द भइसकेको छ ।
उपेन्द्र सुवालको सभापतित्वमा भएको सो प्रवचन कार्यक्रममा स्वागत मन्तव्य पुण्यराम न्हुछेले गर्नुभयो भने नेक्रामसङ्घका केन्द्रीय कोषाध्यक्ष विष्णुराम दुमरु, भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछु, गणेशप्रसाद सुवाल र रमेश दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *