डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
- जेष्ठ ७, २०८२
बियन्ड द क्लाउड्स चलचित्रले आज चीनमा धेरै ध्यान खिचेको छ, मलाई फेरि एक पटक अमेरिकी बेस्टसेलर एजुकेटेडः अ मेमोइर, चिनियाँ भाषामा ‘फ्ली लाइक अ बर्ड टु योर माउन्टेन’ भनेर अनुवाद गरिएको याद आयो ।
२०१८ मा प्रकाशित अमेरिकी इतिहासकार र लेखिका तारा वेस्टओभरको यो आत्मकथा धेरै वर्षदेखि चीन र अमेरिका दुवैमा बेस्टसेलर बनेको छ ।
‘आफ्नो पहाडमा चराजस्तै भागौँ’ भजनको श्लोक बाइबलबाट आउँछ । वाक्यांशको दोहोरो व्याख्या छ† एउटा हो ‘भाग्नु’ र अर्को ‘नयाँ विश्वास खोज्नु ।’
यस पुस्तकमा, वेस्टओभरले पछाडि परेको, गरिब, अज्ञानी परिवारबाट भाग्ने र आफ्नो जीवनमा अर्को संसार खोल्ने उनको वास्तविक जीवनको अनुभव सुनाउँछिन् । कडा परिश्रमको माध्यमबाट, केबल १० वर्षमा उनी एक केटी बनिन् जो कहिल्यै स्कूल नगएको क्याम्ब्रिज विश्वविद्यालयबाट इतिहासमा पीएचडी गर्न पुगे ।
तारा लेख्छन्, “यो नयाँ संसार थियो जुन शिक्षाले मलाई दियो, त्यो मेरो जीवनको असीम सम्भावनाहरू थियो ।”
शिक्षाले जीवन परिवर्तन गर्छ भन्ने विश्वव्यापी सत्य हो । जब वेस्टओभरले शिक्षाको माध्यमबाट एक व्यक्तिको रूपमा आफूलाई परिवर्तन गरे, प्रिन्सिपल झाङ गुइमेई, बियन्ड द क्लाउड्सका मुख्य पात्रले शिक्षाको माध्यमबाट धेरै ग्रामीण केटीहरूको जीवन परिवर्तन गरेका छन् ।
चीनमा, झाङ एक घरायसी नाम हो । उनी पार्टी सचिव र युनान प्रान्तको लिजियाङ सहरको ह्वापिङ काउन्टीमा रहेको बालिका उच्च विद्यालयकी प्रधानाध्यापक हुन्, जहाँ उनले चीनको पहिलो निःशुल्क गल्र्स हाई स्कूल स्थापना गरेकी थिइन् । जुन विद्यालयले १,८०० भन्दा बढी गरिब केटीहरूलाई पहाडबाट बाहिर निक्लन र कलेज जाने उनीहरूको सपना साकार पार्न मद्दत ग¥यो ।
झाङ सधैँ पहाडमा केटीहरूको लागि विद्यालय बनाउन चाहन्थिन् । उनले आफ्नो सबै पैसा दान गरिन् र चन्दा सङ्कलन गर्न सहरको सडक किनारमा उभिइन् । तर, अन्त्यमा उनी विद्यालय निर्माण गर्न पार्टी र स्थानीय सरकारको सहयोगमा भर परिन् । पछि, उनी सीपीसीको सदस्य बनिन् ।
गरिबीका कारण एकजना केटीले विद्यालय छाड्न बाध्य भइन् । झाङले लामो समय काम गरिन् र ११ वर्षसम्म उनले केटीहरूलाई घर–घर गई पढाइन् । विगतका वर्षहरूमा, झाङले १ लाख किलोमिटरभन्दा बढी यात्रा गरी १३०० भन्दा बढी गरिब परिवारहरूलाई भेटेकी थिइन् । उनले ‘उत्कृष्ट सीपीसी सदस्य’ को उपाधि कमाएकी छिन् ।
विद्यालयबाट आएका बालबालिकाहरू आफ्नै हिमालतर्फ उड्ने चरामात्र होइनन्, ‘म पहिल्यैदेखि नै हिमाल हुँ’ भन्ने आफ्नो मनमा दृढ आत्मविश्वास जगाइसकेका साहसी आरोहीहरू हुन् ।
२०११ देखि २०२१ सम्म, चीनको शिक्षा खर्चको ५० प्रतिशतभन्दा बढी केन्द्रीय र पश्चिमी क्षेत्रहरूमा निर्देशित गरिएको छ, केन्द्रदेखि–स्थानीय शिक्षा कोषको लगभग ८० प्रतिशत यी क्षेत्रहरूमा विनियोजन गरिएको छ ।
यस दशकमा, चीनको नयाँ शिक्षा कोषले गरिबीविरुद्ध लड्न शिक्षा पहलहरू कार्यान्वयन गर्न सहयोगलाई प्राथमिकता दिएको छ । गहन गरिबी रहेका क्षेत्रहरूका लागि वित्तीय शिक्षा कोषको औसत वार्षिक वृद्धिदर १२.२ प्रतिशत पुग्यो, जुन राष्ट्रिय औसत २.८ प्रतिशत बिन्दुले बढी छ । यसले झाङद्वारा निर्मित बालिका विद्यालयजस्ता ठूलो सङ्ख्यामा परियोजनाहरूलाई बढावा दिन्छ ।
वेस्टओभरको कथा एक अमेरिकी केटीको कथा हो जसले आफ्नो अमेरिकी सपना साकार गर्छ, जबकि बियन्ड द क्लाउड्सको कथा ठूलो सङ्ख्यामा चिनियाँ केटीहरूले आफ्नो चिनियाँ सपना साकार गर्ने कथा हो ।
झाङको कथाले ४० वर्षमा चीन किन र कसरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भयो भन्ने प्रश्नको जवाफ दिएको छ भने चीनको दिगो विकासको भविष्यमा पनि सङ्केत गरेको छ ।
विकासोन्मुख देशका रूपमा चीनको सहरी र ग्रामीण क्षेत्रबिचको शिक्षाको खाडल महत्वपूर्ण छ । ग्रामीण क्षेत्रका धेरै बालबालिकालाई उचित हार्डवेयर र शिक्षण कर्मचारीको पहुँच चाहिन्छ, जसको अभावले गुणस्तरीय आधुनिक शिक्षा प्राप्त गर्ने सम्भावनामा बाधा पु¥याउँछ । चीनको आर्थिक विकासको बारेमा भविष्यवाणी गर्ने जो कोहीले पनि यो महत्वपूर्ण मुद्दालाई विचार गर्नु आवश्यक छ ।
निस्सन्देह, यसले चीनसँग शिक्षाको माध्यमबाट विशाल अवसरहरूको धोका खोल्ने क्षमता रहेको सङ्केत गर्छ । प्रिन्सिपल झाङको नेतृत्वमा पहाडबाट बाहिर निस्केका विद्यार्थीहरूजस्तै अवरोधहरू पार गर्ने उनीहरूको क्षमताले भविष्यमा चीनको भाग्यलाई आकार दिनेछ ।
(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक हुनुहुन्छ र हाल चीनको रेनमिन विश्वविद्यालयको चोङयाङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडीजका वरिष्ठ फेलो हुनुहुन्छ ।)
– ‘ग्लोबल टाइम्स’ बाट
अनुवाद : प्रकाश
Leave a Reply