वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
प्योङयाङ २ डिसेम्बर (केसीएनए/प्रेस टीभी) । अमेरिकी अन्तरिक्ष अधिकारीले प्योङयाङको स्याटेलाइट सञ्चालनमा बाधा पु¥याउन वाशिङ्गटन सक्षम रहेको भनी टिप्पणी गरेपछि प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरियाले संयुक्त राज्य अमेरिकालाई आफ्नो जासुसी उपग्रहहरूलाई असक्षम पार्न कुनै पनि आक्रमण भएमा युद्धको घोषणा हुने चेतावनी दिएको छ ।
कोरियाको आधिकारिक समाचार संस्था – कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) को शनिबारको एक रिपोर्टमा प्रजग कोरियाको रक्षा मन्त्रालयका प्रवक्ताको बयानलाई उद्धृत गर्दै वाशिङ्गटनलाई चेतावनी दिएको छ कि यदि प्रजग कोरियाको रणनीतिक सम्पत्तिहरूविरूद्ध कुनै पनि आक्रमण गरियो भने प्योङयाङले आफ्नो युद्ध प्रतिरोध संयन्त्र परिचालन गर्नेछ ।
“यदि संयुक्त राज्य अमेरिकाले नयाँ प्रविधिहरू अवैध र अन्यायपूर्णरूपमा हतियार प्रयोग गरेर सार्वभौम राज्यको वैध क्षेत्र उल्लङ्घन गर्ने प्रयास गर्छ भने प्रजग कोरियाले आत्मरक्षाका लागि त्यस्तो कदमविरूद्ध अमेरिकी जासुसी उपग्रहहरूलाई कमजोर वा नष्ट गर्न उत्तरदायी कदम चाल्ने विचार गर्नेछ” विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी अन्तरिक्ष कमान्डका रणनीतिक सञ्चारकर्मी शेरिल क्लिन्केलले प्रजग (उत्तर) कोरियाको जासुसी उपग्रहको सन्दर्भमा एक मिडिया कार्यक्रममा प्रतिद्वन्द्वीको अन्तरिक्ष अनुसन्धान र काउन्टर–स्पेस क्षमताहरूलाई ‘अस्वीकार’ गर्न ‘विभिन्न उल्टाउन सकिने र अपरिवर्तनीय माध्यमहरू’ प्रयोग गर्न सकिन्छ भनी टिप्पणी गरेको एक दिनपछि यो बयान आएको हो ।
“यूएस स्पेस फोर्सको डीपीआरकेको टोही उपग्रहप्रतिको निन्दनीय शत्रुतालाई कहिल्यै बेवास्ता गर्न सकिँदैन किनकि यो प्रजग कोरियाको सार्वभौमसत्ताको लागि चुनौती हो । त्यसकारण त्यस्ता आक्रमणको विरूद्धमा प्रजग कोरियाले युद्धको घोषणा गर्नेछ”, शनिबार प्रकाशित वक्तव्यमा जोड दिइएको छ ।
नोभेम्बर २४ का दिन प्रजग कोरियाली नेता किम जोङ उनले राष्ट्रिय एयरोस्पेस टेक्नोलोजी एडमिनिस्ट्रेसनको प्योङयाङ जनरल कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभएको थियो । देशको हालै प्रक्षेपण गरिएको सैन्य जासुसी उपग्रहले खिचिएका नयाँ तस्बिरहरू अवलोकन गर्नुभएको थियो ।
नोभेम्बर २५ मा प्रकाशित केसीएनएको एक रिपोर्टअनुसार, ‘प्रमुख लक्षित क्षेत्रहरू’ को तस्बिरहरूमा दक्षिण कोरियाको राजधानी सियोल, दक्षिणका सहरहरू, मोक्पो, गुन्सान, प्योङटेक र ओसानजस्ता अमेरिकी सैन्य अखडाहरू समावेश छन् । प्रजग कोरियाली भू–उपग्रह अघिल्लो दिन कोरियाली प्रायःद्वीप माथिबाट पार भएको थियो । उक्त स्याटेलाइटले प्रजग कोरिया र हवाई आधारहरूको केही भागको तस्बिर पनि लिएको थियो, प्रतिवेदनमा भनिएको छ ।
एक प्रजग कोरियाली अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषकले शनिबार केसीएनएसित भन्नुभएको छ यदि उपग्रह पठाउनु अपराध मानिन्छ भने, ‘संसारको सबैभन्दा ठूलो भूउपग्रहको मालिक संयुक्त राज्य अमेरिका’ ले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सामना गर्नुपर्नेछ ।
“कोरियाली प्रायःद्वीप वरपरको उत्तरपूर्वी एसियाली क्षेत्रमा अप्रत्याशित झडप भएमा, सैन्य धम्की र ब्ल्याकमेल बढाएर उत्तरपूर्वी एसियाली क्षेत्रमा निरन्तर दबाब दिने अमेरिकालाई यस विनाशकारी अवस्थाको लागि पूर्णरूपमा जवाफदेही बनाइनेछ”, ती विश्लेषकले स्पष्ट पार्नुभएको छ ।
उहाँले जापान र दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गर्ने र संरा अमेरिकाको आणविक शक्तिबाट चल्ने विमान वाहकहरू प्रदर्शन गरेकोमा वाशिङटनको पनि आलोचना गर्नुभयो ।
संरा अमेरिकाले प्रजग कोरियामाथि रसियालाई युक्रेनविरूद्धको युद्धमा प्रयोग हुने हतियार आपूर्ति गरेको बदलामा ब्यालेस्टिक र अन्तरिक्ष कार्यक्रमका लागि आवश्यक प्राविधिक सहयोग प्राप्त गरेको आरोप लगाएको छ ।
मस्को र प्योङयाङले हतियार सम्झौतालाई कडाइका साथ अस्वीकार गरेका छन् तर उपग्रहसहित गहिरो सहयोगको वाचा गरेका छन् ।
अक्टोबरमा, दक्षिण कोरिया, संरा अमेरिका र जापानले दक्षिण कोरियाको जेजु टापु नजिकैको पानीमा दुईदिने संयुक्त सामुद्रिक अभ्यास पूरा गरेका थिए । प्योङयाङले सैन्य अभ्यासलाई आफ्नो देशमाथि आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्दै युद्धउत्तेजना नबढाउन चेतावनी दिएको थियो ।
प्योङयाङले यस क्षेत्रमा अमेरिकाको नेतृत्वमा जारी युद्धका खेलहरू सहन नदिने कुरालाई जोड दिँदै संयुक्त सैन्य अभ्यासको जवाफ दिन आफ्नै अभ्यास र अमेरिकाको मुख्य भूमिसम्म मार हान्न सक्ने मिसाइलहरूसहित सबै प्रकारका हतियारहरूको विकास र परीक्षण जारी राख्ने बताएको छ ।
संरा अमेरिका, नाटो राष्ट्रहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्वारा प्रजग कोरियाको प्रतिरोधात्मक आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमहरूको कारण वर्षौंदेखि उक्त देशविरूद्ध कडा प्रतिबन्धहरू लगाउँदै आएका छन् ।
Leave a Reply