प्यालेस्टिनी जनताले यहुदीहरूलाई शरण दिएको नरसंहार गराउन होइन
- माघ १, २०८१
भक्तपुर, १६ मङ्सिर । वागीश्वरी कलेज कमलविनायकको एघारौँ कलेज सभा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले कलेजको विधानअनुसार कलेजको सबभन्दा माथिल्लो निकाय कलेजसभा भएको उल्लेख गर्दै सभा सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले हरेक प्रतिकूल परिस्थितिसित जो जुध्न सक्छ उही समय सँगै अघि बढ्न सक्छ भन्नुभयो ।
वागीश्वरीले हरेक विद्यार्थीलाई असल र देशभक्त नागरिक बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले परिश्रम गरेर सिक्ने संस्कार बसाल्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
देशको युवा जनशक्ति विदेसिनु समस्याको समाधान होइन भन्दै उहाँले नेपाली युवालाई नेपालमै भविष्य खोज्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।
देशको शिक्षा क्षेत्र बिग्रनुमा यहाँका उच्च अधिकारीहरू जिम्मेवार रहेको कुरा उल्लेख गर्दै उहाँले त्रिभुवन विश्विद्यालयका उपकुलपतिसँग पछिल्लो समयमा भएको भेटघाटबारे जानकारी दिनुभयो ।
वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले देशको आर्थिक शैक्षिकलगायत अन्तर्राष्ट्रिय परिस्थिति पनि खराब अवस्थाबाट गुज्रिरहेको चर्चा गर्दै यस्तो बेला देशका बुद्धिजीवीहरू मौन रहनु बौद्धिक दरिद्रताको प्रदर्शन हो भन्नुभयो ।
संसारभरका शान्तिप्रेमी युद्धविराधी जनता प्यालेस्टाइनमाथि अमेरिकाको सहयोगमा इरायलले गरिरहेको आक्रमणको विरोधमा उठिरहेको बेलामा यहाँका बुद्धिजीवीहरू, शासक र प्रतिपक्ष दलका नेताहरू स–साना विषयमा समय खर्चिरहेको बताउनुभयो ।
प्यालेस्टाइनी बालबच्चा र महिलाहरूको हत्या भइरहेको अवस्थामा सामाजिक न्यायको लागि पनि प्राध्यापक, शिक्षक र विद्यार्थी सबैले आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैँजुले विद्यार्थीलाई पाठ्यक्रम र पाठ्पुस्तकमा मात्र सीमित गरेर असल र योग्य नागरिक बनाउन नसकिने विचार व्यक्त गर्दै संरा अमेरिका सिङ्गो संसारलाई आफ्नो नियन्त्रणमा राख्न अनेक प्रपञ्च गरिरहेको कुरा पाठ्यपुस्तकमा पाइँदैन भन्नुभयो ।
मध्यपूर्वको इन्धन हात पार्न इजरायललाई उचालेर युद्ध भडकाउँदै छ, यसप्रति हामी सचेत हुनैपर्छ भन्नुभयो ।
उहाँले देश उत्पादन शून्यको स्थितिमा पुग्नु शासकहरूको गलत नीति र अकर्मण्यताको परिणाम हो , यसलाई विद्यार्थीसम्म प्रस्टयाउनुपर्ने दायित्व प्राध्यापकहरूको हो भन्नुभयो ।
सभामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशको बौद्धिक एवं युवा जनशक्ति विदेश पलायन हुनु साह्रै चिन्ताको विषय हो भन्दै उहाँले त्यसलाई रोक्न यहाँ पनि ‘लर्न एन्ड अर्न’ (पढ्दै कमाउँदै) को नीति लागु गर्नुपर्ने बताउनुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले कलेजमा विद्यार्थीहरू स्थानीय विभिन्न विषयमा अनुसन्धानमा लगाउन सके यहाँको आवश्यकताबोध हुनुका साथै विद्यार्थीहरूमा व्यावहारिक ज्ञान हुने बताउनुभयो ।
कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । सभामा क्युएएसम्बन्धी स्वअध्ययन समूहका संयोजक विनोद प्रजापतिले क्युएएबारे हालसम्म भएका गतिविधिबारे जानकारी दिनुभएको थियो । सभामा परीक्षा संयोजक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply