भर्खरै :

गाजा नरसंहार बढ्दै गएपछि विश्वभरका कामदारहरूसित इजरायली जहाजहरू रोक्न आग्रह

गाजा नरसंहार बढ्दै गएपछि विश्वभरका कामदारहरूसित इजरायली जहाजहरू रोक्न आग्रह

गाजा, ५ डिसेम्बर (प्रेस टिभी) । प्यालेस्टिनी वैकल्पिक क्रान्तिकारी मार्ग आन्दोलन (मासार बादिल) ले गाजापट्टीमा प्यालेस्टिनीहरूविरुद्ध कब्जा गरेको शासनद्वारा गरिएको नरसंहारको लागि इजरायली जहाजहरू रोक्न विश्वका सबै श्रमिक कार्यकर्ताहरू, ट्रेड युनियनहरू र मजदुर सङ्गठनहरूलाई आग्रह गरेको छ ।
मासार बादिलले अन्तर्राष्ट्रिय विश्वव्यापी श्रमिकवर्गलाई कुनै पनि विश्वव्यापी बन्दरगाहमा कुनै पनि इजरायली जहाजको उपस्थिति वा डकिङलाई रोक्न र अस्वीकार गर्न र कुनै पनि इजरायली जहाज लोड वा अनलोड गर्न अस्वीकार गर्न र इजरायली निकायमा युद्धका हतियारहरू ढुवानी गर्न अस्वीकार आह्वान गरेको छ ।
“जनसंहारको कार्गोका लागि श्रमिकहरूको हात प्रयोग हुन दिनुहुँदैन,” उसले अगाडि भन्यो ।
मसार बादिलका अनुसार यो कार्य “प्यालेस्टाइनको उपनिवेश, कब्जामा परेका मानिसहरूलाई कब्जा गर्ने र समर्थन गर्ने भौतिक माध्यम हो ।”
समूहले यमनलाई ‘जियोनिस्ट जहाज र कार्गोको ढुवानी र मार्गको लागि यमनी समुद्रको प्रयोग अवरुद्ध गरेकोमा’ पनि प्रशंसा ग¥यो ।
“सबै राज्यहरूले यमनको उदाहरण पछ्याउनुपर्दछ र यस नरसंहारी शासनलाई सशस्त्र बनाउनका लागि तिनीहरूको बन्दरगाह र समुद्रहरूको प्रयोगलाई निषेध गर्नुपर्दछ ।”
गत महिना, यमनी सशस्त्र बलका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले घोषणा गरेका थिए कि हुथी सैन्य एकाइहरूले इजरायली कम्पनीहरूको स्वामित्वमा रहेका वा सञ्चालित वा इजरायली झण्डा बोकेका सबै जहाजहरूलाई लक्षित गर्नेछन् ।
मासार बादिलले यो पनि भने कि इजरायल आफ्नो नरसंहारमा एक्लो छैन र चेतावनी दिए कि हरेक बन्दरगाह र कम्पनी जसले इजरायली जहाजहरूलाई आफ्नो बन्दरगाहमा डक गर्न अनुमति दिन्छ, “युद्ध अपराध र नरसंहारको पूर्ण साझेदार हुनेछन् ।”
“इजरायल साम्राज्यवादी शक्तिहरूद्वारा समर्थित, अस्त्रशस्त्र र वित्त पोषित छ । पहिलो र प्रमुख संयुक्त राज्य अमेरिका हो, जसले क्यानडा, फ्रान्स, जर्मनी र बेलायतलगायत आफ्ना साझेदारहरूसँग मिलेर इजरायललाई उक्साउँदै र बढावा दिँदै छ,” उसले भनेको छ ।
“प्रत्येक बन्दरगाह र कम्पनी जसले आफ्नो बन्दरगाहमा कुनै पनि प्रकारको इजरायली जहाजहरू डक गर्न अनुमति दिन्छ, युद्ध अपराध र नरसंहारमा आफ्नो हातमा प्यालेस्टिनी जनताको रगतको पूर्ण साझेदार हो र जवाफदेही हुनुपर्दछ,” उसले अगाडि भनेको छ ।
प्यालेस्टिनी प्रतिरोधी आन्दोलन हमासले प्यालेस्टिनीविरुद्ध इजरायली शासनको दशकौँ लामो रक्तपात र विनाशको अभियानको जवाफमा कब्जा गर्ने निकायविरुद्ध अचम्मको अपरेशन अल–अक्सा तूफान चलाएपछि इजरायलले अक्टोबर ७ मा गाजामा युद्ध सुरु ग¥यो ।
तेलअभिवले गाजामा पानी, खाना र बिजुली पनि रोकेको छ, जसले तटीय गाजापट्टीलाई मानवीय सङ्कटमा डुबाएको छ ।
गाजामा इजरायलको आक्रमणका कारण करिब १६,००० प्यालेस्टिनीहरू मारिएका छन् र करिब १९ लाख अन्य आन्तरिकरूपमा विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *