भर्खरै :

प्यालेस्टाइन समर्थक कलाकारहरूद्वारा हलिउडमा नरसंहारको विरोधमा जुलुस

प्यालेस्टाइन समर्थक कलाकारहरूद्वारा हलिउडमा नरसंहारको विरोधमा जुलुस

लस एन्जलस, ६ डिसेम्बर (प्रेस टीभी/अल मायादिन) । प्यालेस्टाइन समर्थक कलाकारहरूले गाजा नरसंहारको विरोध गर्दै हलिउडमा ¥याली निकालेका छन् । इजरायली शासक सेनाले घेरामा परेको प्यालेस्टिाइनी भूमिमा महिनौँ लामो विध्वंश र नरसंहार जारी राखेको छ ।
अमेरिकी प्रदर्शनकारीहरू मङ्गलबार क्यालिफोर्नियाको बेभर्ले हिल्समा मेट्रो गोल्डविन मेयर (एमजीएम) को कार्यालय बाहिर जम्मा भएका थिए र ‘प्यालेस्टाइनलाई मुक्त गर’ र ‘अविलम्ब युद्धविराम गर’ नारा लगाएका थिए ।
“जनसंहारको विरूद्ध अडान लिनु सबैको लागि साँच्चिकै महत्वपूर्ण छ । यो सबैको, तपाईँलाई थाहा छ, मानवीय कर्तव्य हो”, ¥यालीमा प्यालेस्टाइनी समर्थक प्रदर्शनकारीहरूमध्ये एक, ३० वर्षीया हलिउड कलाकार सारा बीले भनिन् ।
गाजामा असहाय प्यालेस्टाइनीहरूको इजरायली शासनको नरसंहारको विरूद्ध बोल्ने अमेरिकी कलाकार र कलाकारहरूलाई उनीहरूले सेमिटिसविरोधी (यहुदीविरोधी) भएको दाबी गरी सजाय दिने गरिन्छ ।
दर्जनौँ मानिसहरूको साथ भेला भएका प्यालेस्टाइन समर्थक यहुदी प्रदर्शनकारी एस्टी चन्डलरले भने, “मिडिया संस्थाहरूले वास्तविकताबारे बोलेका कलाकारहरूलाई सजाय दिइरहेका छन् ।”
बेभर्ली हिल्समा मङ्गलबारको विरोध प्रदर्शन भएको थियो । यूटीएले एकेडेमी अवार्ड–विजेता अभिनेता सुसान सारान्डनलाई गत महिना न्युयोर्कमा प्यालेस्टाइन समर्थक ¥यालीलाई सम्बोधन गर्ने क्रममा गरेको टिप्पणीलाई लिएर प्रतिबन्ध लगाएको थियो भने पश्चिमा मिडियाहरूले उनको बहिष्कार गरिरहेका छन् ।
अर्को घटनामा ‘स्क्रीम’ अभिनेत्री मेलिसा ब्यारेरालाई सोसल मिडियामा प्यालेस्टाइन समर्थक पोस्ट पुनः साझा गरेपछि स्पाइग्लास मिडिया समूहले फ्रान्चाइजीबाट बर्खास्त गरेको छ ।
“कुनै पनि अभिनेता, कलाकारहरूलाई न्यायको निम्ति बोलेकोमा सेन्सर गर्छ । तिनीहरूले आफ्ना केही उत्कृष्ट ए–लिस्ट कलाकार र अभिनेताहरूलाई रद्द गर्दै छन्”, सारा बीले अगाडि भनिन् ।
यसैबिच, मुस्लिम अमेरिकी नेताहरूले गाजामा इजरायली नरसंहारको लागि जो बाइडेनको दृढ समर्थनका कारण अमेरिकी राष्ट्रपति निर्वाचन २०२४ मा बाइडेनको विरोधमा आफ्ना समुदायहरूलाई परिचालन गर्ने वाचा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *