भर्खरै :

राजनीति खराब भए देशको भविष्य नराम्रो

भक्तपुर, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले राजनीति खराब मानिसको हातमा परे देश र जनताको भविष्य राम्रो नहुने बताउनुभयो ।
चाँगुनारायण नगरमा आयोजित एक सभामा बोल्दै उहाँले सदनमा गएर शासक दलहरुलाई खबरदारी गर्ने जनताप्रतिको वचनबद्धता नेमकिपाले पूरा गरेको चर्चा गर्दै सरकारमा जाने दलहरुले गरीब जनताका छोराछोरी माथि उठेको हेर्न नसक्ने बताउनुभयो ।
नेताहरुलाई विदेशमा गएर अध्ययन गर्न खर्च दिनुभन्दा त्यही पैसा नेपालमा राम्रो अस्पताल स्थापना गर्नु बुद्धिमानी हुने बताउनुभयो ।
वाम गठबन्धनले आफ्नो घोषणापत्रमा परम्परगत संसदीय बन्दोबस्त अन्त्य गर्ने उल्लेख गरे पनि त्यसको विकल्प केही दिन नसकेको बताउनुभयो ।
नदी नाला सबै भारतलाई सुम्पेर नेपालमा लोडसेडिङ हटाउने शासक दलहरुको कुरा झुठ भएको बताउँदै उहाँले छोरी–बुहारीलाई पनि राजनीतिमा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा भक्तपुर प्रतिनिधि सभा क्षेत्र नं का उम्मेदवार प्रेम सुवाल ले संसदीय अनुशासनका सामान्य नियम पनि पालना नगर्ने दलहरुले परम्परागत संसदीय प्रणाली नमान्ने भन्नु जनता झुक्याउने चालबाजी हो भन्नुभयो ।
युवाहरु सबैलाई विदेश पठाएर मानव संशासन विकासमा कुरा अर्को झुठ भएको उहाँको धारणा छ ।
कार्यक्रममा किसान नेता गोविन्द दुवाल, भक्तपुर क्षेत्र नं प्रदेश सभा नं १ का नेमकिपा उम्मेदवार नीरज लवजू, नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *