नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
डिसेम्बर ५ का दिन विश्व मानवअधिकार घोषणापत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर्राष्ट्रिय गोष्ठी पेइचिङमा आयोजना गरियो । चिनियाँ तथा विदेशी अतिथिले विश्व मानवअधिकार घोषणापत्रको ऐतिहासिक भूमिका र समयको मूल्यबारे गहिरोरूपमा छलफल गर्नुका साथै एकताबद्ध सहयोगको प्रोत्साहन गरी विश्व मानवअधिकार कार्यको विकासमा अरू सक्रियता थपेका छन् ।
सन् १९४८ को डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसङ्घले विश्व मानवअधिकार घोषणा पत्र पारित गरेको थियो । ७५ वर्षयता अन्तर्राष्ट्रिय समाजले घोषणापत्रको लक्ष्यलाई पूरा गर्न हातमा हात मिलाएर अन्तर्राष्ट्रिय मानवअधिकार प्रणालीको सुधार गरी विभिन्न मुलुकको मानवअधिकारको संरक्षणलाई अघि बढाएको छ ।
चीन विश्व मानवअधिकार घोषणापत्र भावनाको सक्रिय वकालतकर्ता हो । चीनले जनता केन्द्रित जनताको लागि विकास, जनसहभागितामूलक विकास र प्रगति उपलब्धि साझा गर्ने गरेको छ । बुरून्डीको कूटनीति र विकास सहयोग मन्त्रालयका सहायकमन्त्री सिल्डी मानिलेलेकानाले गोष्ठीमा बोल्दै चीनको मानवअधिकार विकासले विश्व मानवअधिकार शासनको लागि असल अनुभव प्रदान गरेको व्यक्त गर्नुभयो ।
चीनले विश्व मानवअधिकार शासनमा पनि सक्रियरूपमा संलग्न भएर विश्व मानवअधिकार कार्य विकासलाई चिनियाँ योगदान र कार्यक्रम प्रदान गरेको छ । हाल विश्व मानवअधिकार शासनसमक्ष गम्भीर चुनौती देखापरेको छ र केही मुलुकले मानवअधिकार विषयमा दोहोरो मापदण्ड अपनाएर मानवअधिकारको विषयलाई राजनीतिकरण वा अस्त्रीकरण गरेर विश्व मानवअधिकार कार्यको स्वस्थ विकासमा बाधा पु¥याएका छन् । चीनले संयुक्त राष्ट्र सङ्घीय बडापत्र र विश्व मानवअधिकार घोषणापत्रको भावनाको पालना गरिरहेको छ साथै संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषदलगायत बहु–पक्षीय मानवअधिकार एकाइको कार्यमा गहिरोरूपमा संलग्न भएर अनेक महत्वपूर्ण मानवअधिकार सन्धि, घोषणापत्रको सम्पन्न गर्न प्रयास गरेको छ । चीनले संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार प्रणाली र अरू ३० भन्दा बढी मुलुक र क्षेत्रसँग आदान–प्रदान र सहयोग गरी विश्व मानवअधिकार कार्यको विकासलाई चिनियाँ शक्ति प्रदान गरेको छ । भेनेजुएला नवउदीयमान आर्थिक समूह विकास उच्च अध्ययन केन्द्रका प्रमुख लुइस डेल्गालोको विचारमा चीनले उठाएका अनेक विचार र प्रस्तावले संयुक्त प्रयास गरी विश्व मानवअधिकार शासनको अझ न्यायिक, निष्पक्ष, उदार विकासलाई अघि बढाएको छ जसले अझ निष्पक्ष र दीगो विश्व मानवअधिकार शासनलाई सक्रिय योगदान गर्नेछ ।
विश्वमा एकै मानवअधिकार विकास बाटो हुँदैन । विभिन्न मुलुकको आफ्नो मानवअधिकार विकास बाटो छान्ने अधिकार छ । विभिन्न मुलुकबिच आपसी सम्मान र आदानप्रदान हुनुपर्छ । मानवअधिकारको विकास र संरक्षण गर्न अडिग रहेर चीनले विश्व मानवअधिकार शासनमा सक्रिय संलग्न भई विश्व मानवअधिकार कार्यको विकासलाई अझ बढाउने छ ।
Leave a Reply