अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २४ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतको ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिका लगानी ऐक्यबद्धता’ विषयक अभिमुखीकरण कार्यक्रम आइतबार एक कार्यक्रमबिच भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा लैङ्गिक हिंसा बढ्नुको मुख्य कारण विद्यमान राजनैतिक व्यवस्था भएको बताउँदै लिङ्गको आधारमा गरिने विभेद र हिंसा नै लैङ्गिक हिंसा भएको बताउनुभयो ।
उहाँले महिलामाथि हुने घरेलु हिंसामा महिलाहरूकै संलग्नता बढी देखिएको उल्लेख गर्दै हिंसा अन्त्यको लागि सुन्दर नाराभन्दा जनताको भावनाअनुसार काम हुनुपर्ने बताउनुभयो ।
उहाँले महिला हिंसामा कमी ल्याउन शिक्षा र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
नेपालमा २०५४ सालबाट नै लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन भए पनि समाजमा त्यसबाट कुनै सकारात्मक सन्देश देखा नपरेको बताउँदै उहाँले लैङ्गिक हिंसाविरुद्धको अभियान सँगसँगै वर्ग व्यवस्थाबारे जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैँया सुवालले समाजमा महिलामा मात्र हिंसा हुन्छ भन्ने सोच राख्नु गलत भएको बताउँदै समाजमा लैङ्गिक हिंसा अन्त्य गर्न सबैको तर्फबाट पहल हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले समाजमा अन्याय, अत्याचार न्यूनीकरण गर्दै जानुपर्ने र महिलालाई दाइजोभन्दा पनि शिक्षा जरुरी रहेको बताउनुभयो । संसारमा अपराधजन्य घटनाहरू दिनप्रतिदिन विकसित भइरहेकोले यो पनि एक प्रकारको युद्ध हिंसा रहेको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक सुकदेव पौडेलले भक्तपुरका ४ वटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा लैङ्गिक हिंसाका घटनाहरू कम रहेको र लैङ्गिक हिंसाको परिभाषामा महिलामात्र नभई पुरुष पनि समावेश हुने कुरा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैँया सुजखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply