भर्खरै :

मानव अधिकारवादीहरूद्वारा नपामा ध्यानाकर्षण पत्र हस्तान्तरण

मानव अधिकारवादीहरूद्वारा नपामा ध्यानाकर्षण पत्र हस्तान्तरण

भक्तपुर, २४ मङ्सिर । मानव अधिकार एलायन्स, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल, भक्तपुरद्वारा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई मानव अधिकार विश्वव्यापी घोषणापत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा ध्यानाकर्षण पत्र नगर प्रमुखको कार्यकक्षमा हस्तान्तरण गरियो ।
सो ध्यानाकर्षण पत्रमा नेपालमा जलवायु परिवर्तनको असर, नियमित प्रकोपहरू, महामारी, सडक दुर्घटना, हिंसा, हत्याजस्ता घटनाहरूका कारण नागरिकहरू असुरक्षित रहेको र वैदेशिक रोजगारी असुरक्षित भएको तथा स्वरोजगारको व्यवस्था कमजोर भएको, जातीय तथा लैङ्गिक विभेद, छुवाछुतजस्ता घटनाहरू भइरहेको, विकास योजना निर्माण गर्दा मानव अधिकारका विषयहरूलाई कम ध्यान दिइएको आदि विषय उल्लेख छ ।
पत्रमा समस्या समाधान गर्न राज्यका सङ्घ, प्रदेश र स्थानीय तह गरी सबै निकाय र सरकारहरू जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रजापतिले स्वच्छ खानेपानी, सफाइ र प्रदूषणरहित वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार संविधानले सुनिश्चित गरे पनि व्यवहारमा जनताले उपभोग गर्न नपाएको र रोजगारीको लागि नेपालीहरू विदेशमा जानुपर्ने दुःखदायी अवस्थाले जनताले मानव अधिकार राम्रो उपभोग गर्न नपाएको बताउनुभयो ।
उहाँले भनपाले शिक्षा, स्वास्थ्य र सरसफाइलगायतका कानुनले प्रदान गरेको अधिकारभित्र रही जनताको हितमा कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *