आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
एल–अरिस (इजिप्ट), २५ मङ्सिर (एएफपी) । अमेरिकाले युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो लगाएको केही दिनपछि परिषद्का राजदूतहरू गाजापट्टीसँग जोडिएको राफा सीमाको भ्रमण गर्नको लागि सोमबार इजिप्ट पुग्नुभएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टले आयोजना गरेको अनौपचारिक एकदिने भ्रमण घेरामा गरिएको गाजापट्टीमा बढ्दो मानवीय सङ्कटका बिच भइरहेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीलाई ‘कब्रिस्तान’ भनेर वर्णन गर्नुभएको छ । उक्त भ्रमणमा रुस, बेलायतलगायतका मुलुकहरूबाट करिब एक दर्जन राजदूत सहभागी हुनुहुन्छ ।
यद्यपि, शुक्रबार परिषद्को प्रस्तावमाथि भिटो लगाएको अमेरिकाले फ्रान्सले जस्तै आफ्नो कुनै प्रतिनिधि पठाएको छैन । इजिप्टको विदेश मन्त्रालयका एक अधिकारीले राजदूतहरूको आगमनपछि एक ब्रिफिङमा भन्नुभयो, “गाजामा प्यालेस्टिनी जनतामा परेको पीडाबाट आँखा चिम्लिनुको कुनै औचित्य छैन ।”
सुरक्षा परिषद्मा यूएईका राजदूत लाना नुसेबिहले सदस्य मुलुकहरूले आफ्नो ‘राष्ट्रिय र व्यक्तिगत क्षमता’ मा भ्रमणमा सहभागी भएको बताउनुभयो । उहाँका अनुसार भ्रमणको उद्देश्य गाजाका जनताले अनुभव गरेको पीडा र विनाशलाई बुझ्न मात्र नभएर उनीहरूको आशा र शक्तिलाई बुझ्न मद्दत गर्नु पनि हो ।
राजदूतहरूले राफा सीमापारको भ्रमण गर्नुअघि राष्ट्रसङ्घीय एजेन्सीहरू, इजिप्टका अधिकारी र स्वास्थ्य अधिकारीहरूबाट गाजा सङ्कटका बारेमा ब्रिफिङ लिनुहुनेछ । राफा सीमा गाजाबाट इजिप्टबिचको एउटा मात्र साँघुरो प्रवेशद्वार हो । उहाँहरू गाजा सीमा नजिकैको इजिप्टको सहर एअल–अरिसमा प्यालेस्टिनी बिरामीहरूको उपचार गरिरहेको एउटा अस्पतालमा पनि रोकिनु हुनेछ ।
हमासका लडाकुहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि इजरायलले हमासलाई समाप्त पार्ने वाचा गरेको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १७ हजार नौ सय ९७ मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रसङ्घले गाजामा २४ लाख मानिसमध्ये १९ लाख युद्ध र इजरायलको व्यापक बमबारी कारबाहीबाट विस्थापित भएको अनुमान गरेको छ । तीमध्ये आधा बालबालिका रहेका छन् । बमबारीले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ ।
राष्ट्रसङ्घीय एजेन्सी ओसीएचएका अनुसार युद्ध र घेराबन्दीले आधारभूत सेवाहरू विशेषरूपमा स्वास्थ्य सेवामा ठूलो क्षति पु¥याएको छ । गाजाका ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन् । साथै पर्याप्त भोजन, इन्धन, पानी र औषधिको चरम अभाव छ ।
Leave a Reply