सिन्ह्वाको टिप्पणी : अमेरिकी सार्वजनिक ऋण नियन्त्रण बाहिर
- भाद्र ११, २०८३
हनोइ, ११ डिसेम्बर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण गर्ने बेलामा चाइना मिडिया ग्रुपले बनाएको ‘सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू’ दोस्रो सिजनको भयतनामी संस्करण डिसेम्बर ११ तारिखदेखि भियतनाममा प्रसारण गरिएको छ । सोही दिन भियतनामको हनोइमा आयोजित उद्घाटन समारोहमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्युङ, भियतनामको आवाज रेडियोका निर्देशक तु शचिनले बेग्ला–बेग्लै रुपमा भिडियो र लिखित सम्बोधन गर्नुभएको छ ।
सो अवसरमा शन हाइस्युङले चालु वर्ष चीन र भियतनामबीच चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको पन्ध्रौँ वार्षिकोत्सव रहेको र दुई मुलुकका राष्ट्रनायकहरूले चीन तथा भियतनामको सम्बन्ध र द्विपक्षीय समाजवादी कार्यलाई ठुलो हित हुने कार्य अगाडि बढाउने कुरा बताउनुभएको उल्लेख गर्नुभयो । शनले चाइना मिडिया ग्रुपले ‘सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू’ दोस्रो सिजनको भियतनामी संस्करणलाई भियतनाका दर्शक उपलब्ध गराई सबै जनासँग राष्ट्राध्यक्ष सी चिनफिङको देश शासनको बुद्धि र अनुभव देखाउने कुरा बताउनुभयो ।
‘चीन र भियतनामको अन्तरक्रिया’ प्रसारण
पेइचिङ, ११ डिसेम्बर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमणको पूर्वसन्ध्यामा चीन र भियतनामका सञ्चार–माध्यमहरूबीचको नयाँ चरणको सहयोगको उद्घाटन समारोह डिसेम्बर ११ का दिन भियतनामको हनोइमा आयोजना भएको छ । सो अवसरमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियो सम्बोधन गर्नुभएको छ । भियतनामको आवाज रेडियोका निर्देशक तु शचिनले लिखित सम्बोधन गर्नुभएको छ । भियतनामको आवाज रेडियोका उप निर्देशक ऊ मिङशेन, भियतनामको डिजिटल टेलिभिजनका निर्देशक छन तछङ र चाइना मिडिया गु्रपअन्तर्गत सीजीटीएनका उप–प्रधान सम्पादक एवम् एसियाली तथा अफ्रिकी भाषा तथा कार्यक्रम केन्द्रका निर्देशक आन श्याउयुले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।
शन हाईस्युङले चाइना मिडिया ग्रुप र भियतनामको डिजिटल टेलिभजनले संयुक्तरूपमा सञ्चालन गरेको ‘चीन र भियतनामको अन्तरक्रिया’ कार्यक्रमले भियतनामका दर्शकहरूलाई चिनियाँ समाचारहरू उपलब्ध गराउने र भियतनामका दर्शकहरूले चीन र भियतनामको मैत्रीपूर्ण सहयोगले दुई मुलुकका जनताहरूलाई ल्याउने फाइदाको अनुभव गर्नसक्ने बताउनुभयो ।
Leave a Reply