अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २६ मङ्सिर । “देशको तस्बिर विद्यालय र कलेजका विद्यार्थी, शिक्षक र पूर्वाधारमा प्रतिबिम्बित हुन्छ । नेपालका विद्यालय र कलेजका पूर्वाधारहरू अझै सम्पन्न भएको छैन । हाम्रा विद्यार्थी र शिक्षकहरूको अनुहार अझै उज्यालो छैन । त्यसैले देशको तस्बिर पनि उज्यालो छैन ।”
उक्त विचार प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले प्याब्सन भक्तपुर नगर समितिद्वारा मङ्गलबार आयोजित भक्तपुर नपाको विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन समारोहमा व्यक्त गर्नुभएको हो ।
नेपालको मित्र देश प्रजग कोरियामा कक्षा १२ सम्म निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क व्यवस्था रहेको उल्लेख गर्दै उहाँले नेपालजतिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाका मानिसहरू अहिले सुखी नै छन् भन्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीले संविधानमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने र खेलकुद मौलिक हकभित्र राख्नुपर्ने प्रस्ताव गरेको थियो । यसलाई शासक दलहरूले अस्वीकार गरेको हुँदा संविधानमा उल्लेख भएन ।” उहाँले भन्नुभयो ।
खेलकुद, स्वास्थ्य, अनुशासन, मित्रता र सार्वभौमिकता सुरक्षाको लागि हो, प्याब्सनअन्तर्गत भक्तपुर नगरस्तरीय विद्यालयहरूको फुटसल प्रतियोगितामा भाग लिने विद्यार्थीहरूलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “यतिबेला पृथ्वीको एउटा कुना प्यालेस्टिनका विद्यार्थीहरू इजरायललाई अमेरिकी सरकारले पठाएको बमबारुदबाट मारिरहेका छन् भने पढ्न र लेख्न पाएका छैनन् ।”
उहाँले भन्नुभयो, “इजरायली बमबारीले प्यालेस्टिनको १८ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भयो । मृत्यु भएकाको आधा केटाकेटी थिए । प्यालेस्टिनको गाजापट्टीमा बम वर्षा भइरहेको छ । अमेरिकी र इजरायली सरकारको यो नरसंहारको विश्वबाट विरोध भइरहेको छ, उहाँले पोल्यान्डका केटाकेटीहरू पनि सडकमा उभेर इजरायली बमबारीको विरोध गरिरहेको उल्लेख गर्दै केही दिन अगाडि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका विद्यार्थीहरूले पनि भक्तपुरमा इजरायली आक्रमणको विरोधमा सभा राखेर निन्दा गरेको बताउनुभयो ।
“इजरायली आक्रमणले गर्दा प्यालेस्टिनी जनता अहिले बिजुली, पानी, खाद्यान्न, औषधि नपाएर मरिरहेका छन् । यसकारण सबैले युद्धको विरोध गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
प्याब्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।
Leave a Reply