डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
- जेष्ठ ७, २०८२
भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र भक्तपुर नगरपालिकाको निमन्त्रणामा नेपाल आउनुभएका मित्र देश जनवादी गणतन्त्र चीनको स्—छुआन प्रान्तको लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनबिच मङ्गलबार भनपा सभाकक्षमा भेटवार्ता भयो ।
भक्तपुर नगरपालिका र चीनको स्—छुआन प्रान्तको लशान नगरपालिकाबिच उपयुक्त समयमा भगिनीसम्बन्ध स्थापना गर्ने उद्देश्यले उक्त भेटघाट भएको हो ।
उपप्रमुख लेइ चियनसिनसहितको टोलीलाई भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सांस्कृतिकरूपमा भक्तपुर लशान नगरपालिकाबिच धेरै विषयमा समानता रहेको बताउँदै नेपाली र चिनियाँ जनताबिचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाले नेपालको संविधान र कानुनअनुसार समाजवादउन्मुख काम गरिरहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू जनताको सेवामा समर्पित भएर लागिरहेको बताउनुभयो ।
भक्तपुरको मौलिक स्वरूपलाई जोगाइराख्न पुरानो सहरमा घर बनाउने नगरवासीहरूलाई अनुदानको व्यवस्था गरिरहेको बताउँदै उहाँले आधुनिकतासँगै भक्तपुरको प्राचीनता कायम गर्न भक्तपुर नपाले विभिन्न नीतिहरू निर्माण गरी कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको बताउँदै पर्यटन शुल्कबाट उठेको रकमबाट यहाँको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका कामहरू भइरहेको पनि सो अवसरमा जानकारी दिनुभयो ।
लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनले लशानले संसारका ११० वटा देशका विभिन्न सहरहरूसँग मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरिसकेको र १८ वटा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको अवगत गराउनुभयो ।
उहाँले लशान र भक्तपुर नपाबिच कृषि, पर्यटनलगायतका विषयमा सहकार्य गर्ने सम्भावना रहेको बताउँदै भक्तपुरसँग निकट भविष्यमा भगिनी सम्बन्ध विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।
लशान र भक्तपुर नगरपालिकाबिचको सम्बन्ध २०१५ सालबाट नै सुरु भएको स्मरण गर्दै उहाँले दुई नगरबिचको सम्बन्धमा अझ प्रगति हुँदै जानेमा विश्वास प्रकट गर्नुभयो ।
उपप्रमुख चियनसिनले लशानलाई सिचुवान प्रान्तको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको सोही क्रममा बताउनुभयो ।
भेटमा प्रमुख प्रजापति र उपप्रमुख लेइ चियनसिनबिच उपहार आदानप्रदान पनि भयो । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा, चिनियाँ कम्युनिस्ट पार्टी लशान नगर समितिका शैक्षिक कार्य समिति सहसचिव लिउ यउज्युन, चिनियाँ कम्युनिस्ट पार्टी लशान नगर समितिको संस्कृति, रेडियो र पर्यटन ब्युरोका योजना प्रमुख लिऊ सियाओफाङ, चिकपा लशान नगर स्वास्थ्य आयोगका उपनिर्देशक याङ यान, चिकपा लशान नगर समितिको आर्थिक सहकार्य तथा परराष्ट्र मामिला ब्युरोका उपनिर्देशक यु लिवन, चिकपा लशान नगर समितिका सदस्य एवम् लशान विशाल बुद्ध अवलोकन क्षेत्रका प्रमुख तथा लशान विशाल बुद्ध अवलोकन क्षेत्र अनुसन्धान संस्थानका अध्यक्ष फान युआनयुआनलगायतको उपस्थिति थियो ।
Leave a Reply