भर्खरै :

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

हनोई, १२ डिसेम्बर (सिन्ह्वा) । चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणको सिलसिलामा मङ्गलबार भियतनाम आइपुग्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार न्यानो स्वागत गरेको छ ।
द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उहाँको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।
दुईदिने भ्रमणको क्रममा दुवै पक्षले चीन–भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबिचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउनबारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *