नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
भक्तपुर नगरपालिकाको निमन्त्रणामा आउनुभएका मित्र देश जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिन, टोलीमा सहभागी सम्पूर्ण प्रतिनिधिमण्डलका सदस्यहरू र यस समारोहमा उपस्थित जनप्रतिनिधिहरू तथा आदरणीय व्यक्तित्वहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्दछौँ ।
देशको सानो नगरमध्ये एक भक्तपुर नगरपालिका नेपालको राजधानी काठमाडौँबाट १३ कि.मि. पूर्वमा अवस्थित छ । सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले यो अत्यन्त महत्वपूर्ण नगर हो । आठौँ शताब्दीमा स्थापित यो नगर १२ औँदेखि १५ औँ शताब्दीसम्म राजधानी नगरको रूपमा रहेको र १८ औँ शताब्दीसम्म स्वतन्त्र राज्यको रूपमा रहेको थियो ।
भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रहरू हुन् । दरबार क्षेत्रमा अवस्थित ५५ झ्याल दरबार र सुनढोका, टौमढी टोलमा रहेको नेपालकै अग्लो पाँचतले मन्दिर (ङातापोल्हँ) र दत्तात्रयमा अवस्थित मयुर झ्याल वास्तुकलाको दृष्टिले अनुपम उदाहरणहरू हुन् । समय समयमा हुने जात्रा, पर्व, नाचगानजस्ता अमूर्त सम्पदाहरू र विश्व प्रख्यात सम्पदाहरूकै आधारमा सन् १९७९ मा युनेस्कोले ती क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो । ती क्षेत्रहरूको अवलोकन भ्रमणको लागि हरेक वर्ष संसारका विभिन्न देशबाट लाखौँ पर्यटकहरू आउने गर्छन् । भक्तपुर भ्रमण गर्ने पर्यटकहरूबाट केही शुल्क उठाई त्यस रकमबाट भक्तपुरको मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायतका क्षेत्रमा खर्च गर्दै आएका छौँ ।
राजनैतिकरूपमा यो नगर १० वटा वडामा विभाजित छ । ९० प्रतिशतभन्दा बढी नेवार जाति रहेको यो नगरमा वि.सं. २०७८ को जनगणनाअनुसार ७८,८५४ जना स्थायी बसोबास गर्ने जनसङ्ख्या रहेको तथ्याङ्क छ । कृषि यहाँका मानिसहरूको मुख्य पेसा रहेको र घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय, पर्यटन, हस्तकला आदि यहाँका नागरिकहरूका रोजगारीका क्षेत्रहरू हुन् ।
नगरसभा नगरपालिकाको उच्च निकाय हो । कानुनी व्यवस्थाअनुसार प्रमुख, उपप्रमुखसहित वडावडाबाट निर्वाचित जनप्रतिनिधिहरू नगरसभाका सदस्य रहनेछन् । नगर सभाले नगरको आवश्यकताअनुसार ऐन, नियम, विनियमहरू बनाउँछ । जनताको हितमा कानुनहरू निर्माण गरी हामीले कार्यान्वयन गर्दै आएका छौँ ।
२०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणपछि दुईवटा स्थानीय तहको निर्वाचनहरू सम्पन्न भए । ती दुवै निर्वाचनहरूमा यस नगरपालिकाका सम्पूर्ण वडाहरूमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भए । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादलाई विश्वास गर्ने कम्युनिस्ट पार्टी हो । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै आएको यो पार्टीले निर्वाचनलाई पनि जनताको हितमा उपयोग गर्दै आएको छ । नेपाल मजदुर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ ।
उहाँले आजभन्दा दुई दशक अगाडि भक्तपुरको भविष्यको कल्पना गर्दै ‘सय वर्षपछिको भक्तपुर’ नामको पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तक नै भक्तपुर नगरपालिकाको अहिले काम गर्ने मार्गचित्र बनेको छ । हामी पार्टीको नीति र निर्देशनमा रहेर भक्तपुरको विकासको निम्ति जनताको सेवामा समर्पित भएर काम गर्दै छौँ । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल, सांस्कृतिक नगर बनाउने हाम्रो उद्देश्य हो ।
यस नगरमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्चपदस्थ पदाधिकारीहरूले बराबर भ्रमण गर्नुभएको छ । २०८० जेठ १७ गते जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुईले, २०८० साउन ८ गते चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले र २०८० कार्तिक २६ गते चीनको सिन्चाङ(तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युङचङले नेपाल मजदुर किसान पार्टीका आदरणीय नेता नारायणमान बिजुक्छेँ (रोहित) सित भेटघाट गरी दुई देश र दुई पार्टीबिच सम्बन्ध विस्तारको बारेमा छलफल गर्नुभएको थियो । त्यसैगरी २०८० असार १४ गते जनवादी गणतन्त्र चीनको सान्तोङ प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डललगायतले भक्तपुरको अवलोकन भ्रमण गरेको थियो भने २०८० मङ्सिर ३ गते चिङकाङशान नगरपालिकाका उपप्रमुख ह्वामिङले पनि यस नगरपालिकाको भ्रमण गर्नुभएको थियो । त्यस क्रममा भएको भेटघाटमा दुई नगरपालिकाबिच सम्बन्ध बिस्तार र आपसी अनुभव आदानप्रदान गरी अगाडि बढ्नेबारे सकारात्मक छलफल भएको थियो । मङ्गलबार हामी लसान नगरपालिकाका उपप्रमुखको नेतुत्वमा आएको प्रतिनिधिमण्डलाई स्वागत गर्दै छौँ । समयसमयमा हुने चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डललाई हामीले यस नगरमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यस्ता अवसरहरू फेरि फेरि पनि पाइरहने आशा गर्छौँ ।
कोभिड–१९ ले विश्व आक्रान्त भएको बेला चिनियाँ सरकारले त्यसको विरुद्ध खोपको उत्पादन गरी विश्वका जनतासँगै नेपाली जनतालाई पनि सहयोग गरेको थियो । त्यो गुणलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । त्यस सङ्कटको घडीमा भक्तपुर नगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको तिब्बत स्वशासित क्षेत्रस्थित सान्नान नगरपालिकाले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरू उपलब्ध गराएर सहयोग गरेको थियो । हामी यसै कार्यक्रममार्फत पनि उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट नेपाल मजदुर किसान पार्टीलाई त्यतिबेला स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको थियो । नेपाल मजदुर किसान पार्टीलाई प्राप्त ती स्वास्थ्य सामग्रीहरू पार्टी सचिव एवं सांसद प्रेम सुवाल स्वयम् ख्वप अस्पताललगायत देशका विभिन्न अस्पतालहरूमा पुगेर वितरण गर्नुभएको पनि यो अवसरमा जानकारी गराउन चाहन्छौँ ।

भक्तपुर नगरपालिकाले शिक्षामा वडावडामा शिशुस्याहार तथा बालविकास केन्द्रहरू सञ्चालन गर्दै आएको छ । यस नगरमा ९२ वटा विद्यालयहरू छन् । नगरपालिकाले उच्च शिक्षा प्रदान गर्न २ वटा इन्जिनियरिङ कलेजहरूसहित ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ । ती शिक्षण संस्थाहरूमा देशका ७७ वटै जिल्लाका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । शिशुस्याहार केन्द्रदेखि उच्च शिक्षा प्रदान गर्ने कलेजहरू सञ्चालन गर्ने भक्तपुर नेपालको एक मात्र नगरपालिका हो । हामीले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी पनि गरिरहेका छौँ ।
घरदैलो नर्सिङ, वडावडामा स्वास्थ्य उपचार केन्द्र र १०० शøयाको आफ्नै स्वामित्वमा ख्वप अस्पताल तथा श्वासप्रश्वास केन्द्र सञ्चालन गरी कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ भने नगरपालिकाकै व्यवस्थापनमा सञ्चालित ख्वप तिलगङ्गा आँखा अस्पताल र नागरिक आरोग्य केन्द्रले पनि जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रसमेत गरी यस नगरमा ४ वटा सरकारी अस्पतालहरू सञ्चालनमा छन् ।
यहाँका सम्पदाहरूको संरक्षण गरी पर्यटन उद्योग विकास गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ । २०७२ सालको भूकम्पले यहाँका धेरै घरहरू भत्केसँगै सयौँ सम्पदाहरू क्षतिग्रस्त भए । नगरपालिकाले तीमध्ये धेरै सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गर्यो । आत्मनिर्भरतालाई जोड दिँदै यस नगरपालिकाले स्थानीय सीप र प्रविधिको प्रयोग गरी मौलिक शैलीमा सम्पदाहरू संरक्षणमा जोड दिइआएको छ । अझै केही सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य जारी छन् ।
नेपालको जीवित सङ्ग्रहालयको रूपमा रहेको यस नगरलाई अझ समृद्ध बनाई देशको उत्कृष्ट नगरपालिका बनाउन हामी कार्यरत छौँ ।
नेपालको भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य र सम्बन्ध स्थापना गरी उपयुक्त समयमा भगिनी सम्बन्ध कायम गर्ने उद्देश्यले आज यो समझदारीपत्रमा हस्ताक्षर गर्दै छाँै । आगामी दिनमा यस समझदारी पत्रमा उल्लेख भएबमोजिम दुई नगरपालिकाबिच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदान हुने आशा गर्छाँै ।
हामी चीनलाई सधैँ असल मित्रको रूपमा लिन्छौँ । नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्दछौँ । धन्यवाद !
(सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्—छुआन प्रान्तको लशान नगरपालिकाबिच मङ्गलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समारोहमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)
Leave a Reply