रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, २८ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औँ वार्षिकोत्सव समारोहको बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु नै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको उद्देश्य रहेको बताउँदै विदेशबाट सिकेर आफ्नै मातृभूमिमा काम गर्ने भावनाबाट नयाँ पुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दलहरू कुनै एक निश्चित सिद्धान्त र विचारबाट सञ्चालन हुने विषय जोड्दै उहाँले सरकारले माफियाहरूसँग मिलेर शिक्षा र स्वास्थ्यमा ठुलो व्यापार गरिरहेको बताउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्यमा दलीय भागबन्डा बन्द गर्न जरुरी रहेको उल्लेख गर्दै देशको शैक्षिक क्षेत्रमा सङ्कटग्रस्त हुनुमा विदेशी विश्वविद्यालयहरूको ठुलो प्रभाव रहेको बताउनुभयो ।
इजरायलले प्यालेस्टिनमाथि गरिरहेको बर्बर हमलाको विरोधमा नेमकिपाले देशका विभिन्न जिल्ला र सहरहरूमा विरोध ¥याली तथा सभाहरू गरिरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेस्टिनमाथि गरिरहेको हमलाको विरोधमा संसारका विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान र योग्य प्राविधिकहरू तयार गर्ने उद्देश्यले स्थापना भएको ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपालकै उत्कृष्ट कलेजको रूपमा विकास भइरहेको बताउनुभयो ।
शैक्षिक क्षेत्रमा सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरू विदेश पढ्न जाने क्रम बढ्दै गइरहेको स्पष्ट पार्दैै उहाँले विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा समेत बारम्बार बन्द, हडताल र तोडफोड, आगजनीजस्ता अराजनैतिक गतिविधि हुनाले पनि विद्यार्थीहरूमा निराशा छाएको बताउनुभयो ।
भारतले नेपालका ठाउँ ठाउँमा योग केन्द्र, बाल विकास केन्द्र, विद्यालय भवन, रक्त सञ्चार केन्द्र, कृषि तथा पूर्वाधार निर्माणमा सोझै खर्च गर्दै नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथिको हस्तक्षेपको कार्य गर्दै आएको प्रस्ट पार्दै प्रमुख प्रजापतिले भन्नुभयो “विदेशी शक्तिलाई लगानीमा छुट दिनुको अर्थ सरकार विदेशी शक्तिको कठपुतली बन्नु हो ।”
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत विषयमा निजीकरण र उदारीकरणको नीतिले जनताको कहिल्यै हित नहुने प्रस्ट पार्दै जनताको निःस्वार्थरूपमा सेवा गर्ने उद्देश्यले स्थापना भएका भक्तपुर नपाद्वारा सञ्चालित कलेजबाट देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय शिक्षा हासिल गर्नु सुखद पक्ष भएको बताउनुभयो ।

युवा—विद्यार्थी विदेश पलायन हुनुमा मुख्य जिम्मेवार देशका शासक र विश्वविद्यालयहरू स्वयम् भएको बताउँदै म्यानपावर कम्पनीका दलालहरूबाट देश सञ्चालन भएकै कारण देशले आजको नियति भोग्नुपरेको उहाँले प्रस्ट पार्नुभयो ।
युवा—विद्यार्थीविहीन नेपालको विकास कति सम्भव छ भन्ने प्रश्न तड्कारो रहेको औँल्याउँदै सांसद गोसाईले देशलाई आजको अवस्थामा पु¥याउनुमा शासक दल र कर्मचारीतन्त्र दोषी रहेको बताउनुभयो ।
प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउँदै सांसद गोसाईले न्यायप्रेमी जनताले प्यालेस्टिनी जनतामाथि भइरहेको नृशंस हत्या, बमबारी र अत्याचारको विरोध गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दक्ष जनशक्ति उत्पादनमा भक्तपुरका शैक्षिक संस्थाहरूको ठुलो भूमिका रहेको चर्चा गर्दै भक्तपुरको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्थाहरूका कारण भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गर्न मद्दत पुगेको उल्लेख गर्दै उहाँले नगरपालिकाले नगरवासीहरूको सामाजिक स्तर सँगसँगै सांस्कृतिक स्तर उकास्न पहल गर्दै आएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन सुशील बज्राचार्यले नेपालमा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या उत्साहजनक रहेको बताउँदै विदेश गएर अध्ययन गर्ने बाध्यतालाई अन्त्य गर्न इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीको माग र रुचिअनुसारका विभिन्न विषयहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वदेशमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने र देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएका कलेजहरू देशकै लागि नमुना भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विस २०५८ देखि हालसम्ममा स्नातक र स्नातकोत्तर तहमा देशभरिका ४, ८४० विद्यार्थी अध्ययनका लागि भर्ना भइसकेका र हाल ७१ जिल्लाका ९७४ जना विद्यार्थीहरू स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरूमा अध्ययनरत रहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म मनाङ र धनकुटा जिल्लाबाहेक ७५ जिल्लाका २,४२४ जना विद्यार्थीहरूले अध्ययन गरिसकेको र हाल यस कलेजमा ७२ जिल्लाका ७१४ जना विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले दुवै कलेजमा १० वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका प्राध्यापक तथा प्रयोगशाला÷कर्मचारीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो भने अतिथिहरूले कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई मेडल तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
Leave a Reply