नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पेइचिङ, २८ मङ्सिर, (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गर्नुभएको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन–भियतनाम सम्बन्धको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाको रूपमा लिइएको छ । भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताउनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्यसमेत रहनुभएका वाङले उक्त भ्रमणले दुई देशबिचको सम्बन्धमा ऐतिहासिक महत्व राखेको उल्लेख गर्नुभएको छ ।
भियतनामी पक्षले यस भ्रमणलाई ठुलो महत्व दिएको छ र उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मिन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्वपूर्ण रहेको बताउनुभएको छ ।
यस वर्ष चीन र भियतनामबिचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ ।
भ्रमणको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले भियतनामी कम्युनिस्ट पार्टीका महासचिव न्येन फु ट्रोङसँग यस भ्रमणको रणनीतिक अर्थ रहेको चीन र भियतनामको भाग्य समुदायको सिर्जना गर्ने कुराको घोषणा गर्न भएको उल्लेख गर्दै दुई मुलुकका जनताको साझा हित र साझा इच्छासित यो कार्य अनुकूल रहेको बताउनुभएको थियो ।
Leave a Reply