भर्खरै :

सी चिनफिङद्वारा न्यून तापक्रम, वर्षा र हिमपात प्रकोप रोकथाम र सामना कार्यबारे महत्वपूर्ण निर्देशन

सी चिनफिङद्वारा न्यून तापक्रम, वर्षा र हिमपात प्रकोप रोकथाम र सामना कार्यबारे महत्वपूर्ण निर्देशन

पेइचिङ, १६ डिसेम्बर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले न्यून तापक्रम, वर्षा, हिमपात तथा हिमपहिरो प्रकोप रोकथाम र सामना कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ ।
सीले हाल चीनका अनेकौँ क्षेत्रहरूमा वर्षा र हिमपात परेको, जसबाट बिजुलीको आपूर्ति, यातायातको ढुवानी, सर्वसाधारणको जीवनमा ठुलो असर परेको कुरा उल्लेख गर्नुका साथै मौसमको परिवर्तनमाथि ध्यान दिन, छिटो रूपमा पूर्वानुमान सूचना सार्वजनिक गर्न, कोइला, बिजुली र ग्यासको आपूर्ति बढाउन, सर्वसाधारणको दैनिक वस्तुको मूल्य स्थिरताको संरक्षण गर्न पनि जिम्मेवार सबैसित आग्रह गर्नुभयो ।
यसैबिच बेल्ट एन्ड रोडको निर्माणलाई अघि बढाउने निर्देशनात्मक टोली कार्यालयले अन्य सम्बद्ध विभागसँग मिलेर अनुसन्धान र तर्जुमा गरेका श्रृङ्खलाबद्ध निलोपत्रलाई राष्ट्रिय विकास र सुधार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा औपचारिकरूपमा जारी गरिएको छ । ती ६ वटा निलो लपत्रमा संयुक्तरूपमा बेल्ट एन्ड रोडको निर्माणसम्बन्धी जनताबिचको आदानप्रदान, हरित रेशमी मार्ग, चिनियाँ जडीबुटीसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य, चीन–आसियान विकास, चीन–अफ्रिका विकास र चीन–ल्याटिन अमेरिका विकासलगायतका विषयहरू समावेश छन् ।
बितेका १० वर्षयता सँगै मिलेर बेल्ट एन्ड रोडको निर्माण भन्ने विषय विचारधारा र अभिलाषाबाट वास्तविक गतिविधि र तथ्य कुरामा परिणत गरिएको छ । हालसम्म जम्मा १५० भन्दा बढी राष्ट्र र ३० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठनले संयुक्तरूपमा बेल्ट एन्ड रोडको निर्माण भन्ने ठुलो परिवारमा संलग्न भई टड्कारो ऐतिहासिक उपलब्धि प्राप्त गरेका छन् । बेल्ट एन्ड रोड निकै लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु र अन्तर्राष्ट्रिय सहकार्य चौतारो पनि बनेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *