भर्खरै :

चितवनमा पार्टी प्रकाशनका पुस्तकबारे छलफल

चितवनमा पार्टी प्रकाशनका पुस्तकबारे छलफल

चितवन, ३० मङ्सिर । नेपाल मजदुर किसान पार्टी चितवन जिल्ला समितिको आयोजनामा पार्टी प्रकाशनका विविध पुस्तकबारे शनिबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चितवनका जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले पार्टी कार्यकर्ताहरूको सांस्कृतिक चेतनास्तर वृद्धि गराउन नियमितरूपमा पार्टी प्रकाशनहरूको अध्ययन गोष्ठी र छलफल चलाउनुपर्ने बताउनुभयो ।
“नियमित अध्ययनले कार्यकर्ताहरू सिद्धान्तनिष्ठ, इमानदार र लगनशील बन्नेछन् । प्यालेस्टिन र इजरायलको युद्धमा अमेरिकी साम्राज्यवादको हात रहेको कुरा विश्वका न्यायप्रेमी जनताले बताइरहेका छन् । अमेरिकी युद्ध आतङ्क तत्काल बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ चितवनका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकमाथि चर्चा गर्दै अमेरिकाले दुई देशबिच युद्ध गराएर आफ्नो स्वार्थ पूरा गर्ने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ज्ञानेन्द्र प्रजा, मोहनबहादुर प्रजा, विष्णु शर्मा, अर्जुन प्रजा, कृष्ण तामाङ, शन्त पाख्रिनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *