भर्खरै :

वडा नं. १० मा लैङ्गिक हिंसाबारे प्रवचन

वडा नं. १० मा लैङ्गिक हिंसाबारे प्रवचन

भक्तपुर, २ पुस । भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा ‘लैङ्गिक हिंसा’ विषयमा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका रोशनमैयाँ सुवालले महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै महिला हिंसा कम गर्न महिलाहरू सजग र जागरुक हुनुपर्छ भन्नुभयो ।
ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले अन्याय, अत्याचार तथा पक्षपातको सदा विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले लैङ्गिक हिंसा विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा लक्ष्मीप्रसाद चवाल, आभा प्रजापति र लक्ष्मीप्रसाद ह्यौँमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *