भर्खरै :

इजरायलको अस्तित्व र प्यालेस्टिनीमाथिको जातीय सफाया तथा नरसंहार

इजरायलको अस्तित्व र प्यालेस्टिनीमाथिको जातीय सफाया तथा नरसंहार

युरोप, अफ्रिका र मध्यपूर्वसहितको टर्किस साम्राज्य अर्थात् अटोमन साम्राज्यले १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्ध हारेपछि विश्वमा प्रजातन्त्रको जननी मानिएको बेलायतले सो क्षेत्रमा आफ्नो कब्जा जमाएको थियो । त्यसबेला त्यहाँ अरबी मुस्लिमको बाहुल्यता र यहुदी अल्पसङ्ख्यक थिए । बेलायती अङ्ग्रेजहरूको जातीय र भाषिक द्वन्द्व तथा विभेदले विश्वमा प्रजातन्त्र र स्वतन्त्रताको नाउँमा थुप्रै नयाँ देशहरूको उदय भएको छ । दक्षिण एसियामा भारत टुक्रिएर पाकिस्तान र पाकिस्तान टुक्रिएर बङ्गलादेश बनेको छ । पाकिस्तान र बङ्गलादेश बने तापनि त्यहाँ र अन्य क्षेत्रमा अझै अमेरिका साम्राज्यवादी अमेरिकाको सहयोगमा जातीय र भाषिक द्वन्द्व समय समयमा चलिरहेको छ ।
करिब आजभन्दा सय वर्षअघि प्यालेस्टिनमा सामाजिक र धार्मिक सहिष्णुता कायम थियो अर्थात् सबै धर्म र जातिको मानिस मिलेर बस्थ्यो । मध्यपूर्वअन्तर्गत प्यालेस्टिनमा विश्वका लागि अत्यावश्यक प्राकृतिक तेलको प्रशस्त खानी थियो । उक्त प्राकृतिक स्रोत र सम्पदा कब्जा गर्न सन् १९१४ देखि १९१८ सम्म युरोप, अफ्रिका र मध्यपूर्वमा प्रथम विश्वयुद्ध नै भयो । जर्मनका नाजी हिटलरले फाँसीवादको नीतिअनुरूप युरोपका यहुदी जातिलाई लखेटिँदै मारिरहेको समयमा बेलायतको सहयोगमा अङ्ग्रेजहरूले यहुदीहरूलाई जातीय नाउँमा छुट्टै देश दिने बाचा गरियो । सोहीअनुरूप विश्व यहुदी महासङ्घ जातीय सङ्गठन खोलेर शान्तिप्रिय प्यालेस्टिनमा सन् १९१८ मा यहुदीहरूले बसोबासको लागि शरण लिएका थिए ।

यहुदी र इजरायलको उदय
प्यालेस्टिन तथा मध्यपूर्वमा भएको तेल तथा ग्यासको अथाह भण्डार वा प्राकृतिक खानी कब्जा गर्ने उद्देश्यले प्यालेस्टिनमा शरण लिएका यहुदीहरूको जातिवादको चरमोत्कर्षबाट ५ सत्न्दा बढी गाउँको ध्वस्तसहित १५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भयो । त्यसपछि अङ्ग्रेज र बेलायतको मिलेमतोमा संयुक्त राष्ट्रसङ्घले सन् १९४८ तिर प्यालेस्टिनी भूमिमा शान्तिको लागि इजरायल राष्ट्रको घोषणा गर्यो । जुन बेला प्यालेस्टिनमा त्यहाँका आदिवासी अरबी मुस्लिम ९२ प्रतिशतभन्दा बढी र यहुदीहरू मुस्किलले ८ प्रतिशतमात्र थियो । तैपनि, यहुदीहरूको जातिवादले बेलायतको इसारामा संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा प्यालेस्टिनलाई टुक्राएर ५६ प्रतिशतभन्दा बढी भूभाग खोसियो । जुन रोमन सभ्यतादेखि प्यालेस्टिन भूमिको रूपमा रहेको थियो ।
रोमन सभ्यतादेखि नै अस्त्विमा रहेको प्यालेस्टिनमा बाइबल धार्मिक ग्रन्थमा यहुदी साम्राज्य रहेको काल्पनिकतालाई यहुदीहरूले पुरानो मातृभमिको रूपमा एकमात्र यहुदी राज्यको रूपमा १९४८ मा स्वतन्त्र राष्ट्रको घोषणा गर्न सफल भएका थिए । त्यसपछि प्यालेस्टिन राज्यको अस्तित्वलाई डेभिड बेन गुरियनद्वारा स्थापना भएको इजरायलले स्वीकार्न चाहेनन् । उनले नै प्यालेस्टिनी अरबीहरू, देश छाडेर भागको जस्तो जातिगत मुद्दा उठाएका थिए ।
यसरी आफ्ना पुर्खाहरूको कर्मले निर्माण भएको जन्मभूमिमा बाँच्नको निम्ति शरण लिन आएका जातिवादी यहुदीहरूले सन् १९४८ देखि एकाधिकार जमाएको आज ७५ वर्षभन्दा बढी भयो । उक्त इतिहासलाई बिर्सेर आज आफ्नो पुर्खाको भूमि फिर्ताको लागि १९८७ देखि लडिरहेको प्यालेस्टिनको राजनीतिक तथा सैनिक सङ्गठन हमासलाई अङ्ग्रेजको सैनिक तथा हतियारको डरले विश्वका क्यानडा, पाराग्वे, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, सन्नी इस्लामिक कट्टपन्थीको साङ्गठनिक आतङ्कवादीको संज्ञा दिँदै आएको छ ।
हमासको उदय
प्यालेस्टिनीको राजनीतिक सङ्गठनहरू पीएलओ र हमासबिच २००६ मा भएको निर्वाचनबाट सत्तामा आएका हमासलाई इरानले आर्थिकसँगै हतियार र तालिम दिएर सहयोग गरिँदै आएको थियो । प्यालेस्टिनीको भूमिमा इजरायल राष्ट्रको घोषणाले बहुसङ्ख्यक प्यालेस्टिनीहरू शरणार्थीको रूपमा २००७ मा गाजालगायत छिमेकी देश जोर्डन, सिरिया र लेबनानमा बस्न बाध्य भयो । सोही समय इजरायलले इजिप्टसँग मिलेर गाजा क्षेत्रमा जलस्थल र हवाई नाकाबन्दी गरेको थियो ।

हमासको पछिल्लो सङ्घर्ष
प्यालेस्टिनमा यहुदी जातिवादी इजरायलले ७५ वर्षदेखि गरिरहेको जातिवादीको कारण लाखौँ प्यालेस्टिनीहरू बेघर, अङ्गभङ्ग हँुदै प्यालेस्टिनलगायत छिमेकी देशहरूमा शरणार्थीको रूपमा बाँच्न विवश भएका छन् । इजरायलका यहुदीवादी नेता तथा प्रधानमन्त्री नेतन्याहुले गत असोज ५ गते संयुक्त महासभामा प्यालेस्टिनीहरूको भूमि नै नरहने गरी नयाँ मध्यपूर्वको नक्सा जारी गरेपछि १०० वर्षभन्दा अघिदेखि आफ्नो भूमि फिर्ताको लागि लडिरहेका प्यालेस्टिनीहरूले सहन सक्ने कुरै भएन । त्यसैको प्रतिकार स्वरूप असोज २० गते गाजापट्टीमा रहेका प्यालेस्टिनीका राजनैतिक तथा सैनिक सङ्गठन हमासले पूर्वतयारीबिना जवाफ दिइयो ।

बाइडेनको इजरायललाई सहयोग र नरसंहार
प्यालेस्टिनी भूमिको फिर्ताको माग लिई हमासले इजरायलको एकतर्फी जारी गरेको मध्यपूर्वको नक्सालाई नस्वीकारेर प्रतिकार गरेको हो । सोही युद्धमा अमेरिकी राष्ट्रपति बाइडेनले कार्तिक १ गते इजरायल पुगेर १ खर्ब ६ अर्ब डलरमध्ये १५ अर्ब डलर हातहतियारको लागि सहयोग गरेर नरसंहार मच्चाइरहेको छ । त्यसैको परिणामस्वरूप गाजापट्टीमा रहेका ४७ प्रतिशत बालबालिकामध्ये ८५ प्रतिशतभन्दा बढी मृत्यु, बेघर, आमाबुबाविहीन र अङ्गभङ्गबाट प्रभावित भएका छन् । हरेक दिन हजारौँ टन बमबारुद खसालेर पछिल्लो इजरायली आक्रमणबाट गाजा क्षेत्रका पत्रकार, स्वास्थ्यकर्मीसहित झण्डै २० हजार प्यालेस्टिनीको मृत्यु भएको छ । जसमा गर्भावस्थामा रहेका शिशुसहित १० हजारभन्दा बढी बालबालिका र गर्भवती महिलासहित ८ हजारभन्दा बढी महिलाहरू मारिएका छन् । जहाँ विद्यालय विश्वविद्यालय तथा स्वास्थ्य संस्थानलगायत विद्युत्, स्वस्थ खानेपानी, सञ्चार जस्ता विकासका संरचनाहरूको विध्वंसले मानवीय सङ्कटसहित युद्ध सुरु भएको २ महिना यता २३ लाखभन्दा बढी प्यालेस्टिनीहरू विस्थापित भएका छन् । ५० औँ हजार प्यालेस्टिनीहरू अङ्गभङ्गसहित घाइते भएका छन् । इजरायलले हावाबाट प्यालेस्टिनको जमिनमा प्रयोग गरिएका २९ हजार हतियारमध्ये ४० देखि ४५ प्रतिशत अनिर्देशित वा बहिरा बमहरू रहेका छन् ।
यसरी इजरायलले गरिरहेका युद्धसँगै सामान्य सञ्चार इन्टरनेट सेवासुविधा नुपग्दा भारी वर्षा र आँधीले पीडित बसेको पाल च्यातिएको, लुगाकम्बल भिजेको र चिसो तथा भोकमरीको सिकार भएका छन् । भोक र रोगसँगै मृत शरीर र त्यसले निम्त्याउने झाडापखाला र अन्य महामारीले ५ वर्षमुनिका बालबालिकामा ६६ प्रतिशत र अन्यमा ५५ प्रतिशत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *