भर्खरै :

दीक्षान्त समारोहमा नायक बलराज साहनी–१

दीक्षान्त समारोहमा नायक बलराज साहनी–१

(बलराज साहनीले सन् १९४० देखि ७० को दशकसम्म हिन्दी चलचित्रमा काम गरे । जुन समयलाई भारतीय चलचित्र क्षेत्रमा स्वर्ण युग भन्ने गरिन्छ । सन् १९१३ मे १ का दिन बेलायती भारतको पन्जाब, रावलपिंडीमा जन्मेका साहनी विमल राय निर्देशित ‘दुई विघा जमिन’ चलचित्रबाट सुप्रसिद्ध बने । ५१ वर्ष पहिला सन् १९७२ मा जेएनयूको दीक्षान्त समारोहमा नायक बलराज साहनीले दिनुभएको मन्तव्यबाट लाखौँ मानिसको आँखा खोलेको थियो । बलराज साहनीको नाम भारतीय चलचित्रका ती दिग्गज कलाकारमा प्रसिद्धि थियो ।
ती नै दिग्गज कलाकार बलराज साहनीले १९७२ मा जवाहरलाल नेहरू विश्वविद्यालयको दीक्षान्त समारोहमा दिनुभएको ऐतिहासिक भाषण यहाँ प्रस्तुत गरिएको छ ।)
करिब २० वर्ष पहिलेको कुरा हो । कलकत्ता चलचित्र पत्रकार सङ्घले ‘दुई विघा जमिन’ का निर्माता स्वर्गीय विमल राय र हामी सबै अर्थात् चलचित्रका साथीहरूलाई सम्मान कार्यक्रम आयोजना ग¥यो । त्यो सामान्य तर एकदम राम्रो कार्यक्रम थियो । धेरै वक्ताहरूले भाषण गरे । यद्यपि सहभागी स्रोताहरू त विमल रायकै पालो पर्खिरहेका थिए । हामी सबै भुइँमा बसिरहेका थियौँ । म विमल दाइको छेउमा बसेको थिएँ । मैले देखेँ – भाषण दिने पालो आउँदा विमल दाइ निकै हतास हुनुभयो† आत्तिनुभयो । आफ्नो पालोमा उहाँ उभिनुभयो । दुवै हात जोडेर भन्नुभयो, “जे पनि मलाई भन्नुपर्ने हुन्छ, त्यो म आफ्नो चलचित्रमै भनेको हुन्छु । त्योभन्दा बढी भन्नलाई मसँग केही पनि छैन ।” यति भनेरै उहाँ बस्नुभयो ।
विमल दाइले त्यो दिन त्यहाँ जे भन्नुभयोे । त्यसको अर्थ निकै गहिरो थियो । आज यस घडीमा म यहाँ भाषण दिन उभिएको छु । मेरो मनले पनि यही भनिरहेको छ कि मैले पनि उहाँकै शैली अपनाउँ । तर, म यसो गर्ने छैन । यसको एउटै कारण यस संस्थान (जेएनयू) प्रति मेरो सम्मान हो । अर्को, एक व्यक्तिप्रति मेरो सम्मान पनि हो । जसले मलाई सङ्क्षिप्तमा भाषण टुङ्ग्याउन रोकिरहनुभएको छ । उहाँको नाम हो – श्री पीसी जोशी । जो तपाईँको विश्वविद्यालयसँग सम्बन्धित हुनुहुन्छ । यही मानिसको कृपाले मेरो जिन्दगीले सबैभन्दा सुन्दर क्षणहरू प्राप्त गरेको थियो । यो ऋण म कहिल्यै तिर्न सक्दिनँ । यसकारण, यो कार्यक्रमको निम्तो मैले अस्वीकार गर्न सकिनँ । यदि तपाईँ (जेएनयू)ले मलाई ढोकामा कुचो लगाउनको लागि मात्र बोलाएको भए पनि म यति नै खुसी हुन्थेँ । यति नै सम्मान गरेको सम्झन्थेँ । सायद मेरो योग्यताको हिसाबमा त त्यही काम सुहाउँथ्यो ।
होइन, होइन । मलाई गलत नसम्झनुस् ! म विनम्र हुने प्रयास गरिरहेको छैन । मैले जे पनि भनेँ, मेरो हृदयले भनेको हो । म जे भन्छु, मेरो मनैबाट बोल्छु । तपाईँ यसमा सहमत हुनुहोला या नहोला । मेरो बोली तपाईँको दीक्षान्त समारोहको परम्पराअनुसार हुन्छ वा हुन्न ? त्यो फरक कुरा हो । तपाईँलाई थाहा छ, म करिब २५ वर्षभन्दा धेरै समयदेखि पढाइ–लेखाइको संसारबाट टाढा छु । योभन्दा अगाडि मैले कहीं कुनै विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरेको पनि छैन ।
म यो पनि बताउन चाहन्छु । तपाईँको यो शैक्षिक संसारबाट दूरी बढाउने मेरो खुसीेले लिएको निर्णय होइन । हाम्रो देशमा चलचित्र बनाउने एक विशेषखालको प्रक्रिया छ । हाम्रो चलचित्र उद्योगले कुनै कलाकारलाई यति सा¥है थोरै काम दिन्छ, ती विचरा कलाकारहरू खाली बस्नु परेर मन सानो बनाउन बाध्य हुन्छन् । कुनै कलाकारलाई यति धेरै दिन्छ, काम भ्याई नभ्याई भएर जिन्दगीको बाँकी पक्षहरूबाट पूरै बेखबर हुन्छन् । ती कलाकारहरूले सामान्य पारिवारिक जिन्दगीको खुसी मात्र त्यागेर पुग्दैन । उनीहरूले आफ्नो बौद्धिक र आध्यात्मिक आवश्यकता पनि बेवास्ता गर्न बाध्य हुन्छन् । पछिल्लो २५ वर्षमा मैले १२५ भन्दा धेरै चलचित्रमा काम गरेँ । यति नै अवधिमा युरोप वा अमेरिकाका कलाकारहरूले भए मुश्किलमा ३० देखि ३५ चलचित्र मात्रै गरेका हुन्छन् ।
यसैबाट तपाईँ अनुमान लगाउन सक्नहुन्छ कि मेरो जिन्दगीको कति ठुलो हिस्सा चलचित्रमुनि दबिएको छ । निकै धेरै किताब जुन मैले पढ्नुपर्ने थियो । मैले पढ्न पाइनँ । मैले हिस्सेदारी लिनुपर्ने कति धेरै कार्यक्रमहरूमा म सामेल हुन पाइनँ । कैयौँ पटक मलाई लाग्छ, म धेरै पछाडि परिसकेको छु । यो पीडा तब अरू बढ्दै जान्छ जब म आफैसँग प्रश्न गर्छु कि यी १२५ चलचित्रमा कति यस्ता चलचित्र बने जसमा केही राम्रो छ ?¤ मैले गरेका चलचित्रमध्ये कति सम्झन लायक चलचित्र छन् ? सायद कुनै चलचित्र यो परीक्षामा उत्रिन सक्छ । निकै थोरै मात्र । यसको गणना मेरो हातको औँलाहरूमै सीमित हुन्छन् । सायद यी चलचित्रहरू पनि बिर्से होलान् या बिर्सिने छन् ।
त्यसैले त म अहिले पनि भनिरहेको छु । म विनम्र बन्ने कोसिस गरिरहेको छैन । म त तपाईँलाई आग्रह गरिरहेको छु । मेरो बोलीबाट तपाईँ निराश बन्नुहुन्छ भने मलाई माफ गर्न सक्नुहुन्छ ।
विमल राय सही भन्नुहुन्थ्यो । कलाकारको काम नै उसको संसार हो । म मेरो अनुभवबाट जानेको विषय नै बोल्छु । जुन मैले देखेको छु । जसरी मैले महसुस गरेको छु । आफ्नो ढङ्गबाट बुझेको कुरा त भन्छु । जुन मलाई लाग्छ, तपाईँलाई सुनाउनु आवश्यक छ । यसबाहेक अरू केही बोल्नु गलत र मूर्खता हुन्छ ।


म तपाईँलाई एउटा घटना बताउन चाहन्छु । यो मेरो कलेज जीवनको घटना हो । जसलाई म कहिल्यै बिर्सन सक्दिनँ । यो घटना मेरो दिमागमा सधैँभरिलाई जमेर बसेको छ । म आफ्नो परिवारसँग गर्मीको छुट्टी मनाउन रावपिँडीबाट काश्मीर गइरहेको थिएँ । आधा बाटो पार गरिसकेपछि बस रोकियो । एक अघिल्लो दिन राति त्यहाँ मुसलधारे पानी परेको थियो । त्यहाँ वर्षाको कारण सडकको ठुलो भाग पहिरो गएको थियो । पहिरोको कारण त्यहाँ बसहरू र कारहरूको लष्कर लागेको थियो । हाम्रो बस पनि उही लष्करमा सामेल भयो । हामी सबै व्यग्रताका साथ बाटो खुला भनी प्रतिक्षा गरिरहेका थियौँ । सरकारी निकायको लागि यो काम कठिन साबित भइरहेको थियो । पहिरोको ढिस्को हटाउन र बाटो सफा बनाउन केही दिन समय लाग्यो । स्थिति पहिला नै बढी मुश्किल थियो । त्यहाँ जम्मा भएका यात्री र गाडीका ड्रात्रहरूले झन् मुश्किल बनाए । सबै मानिसहरू हतार गरिरहेका थिए । विरोध प्रदर्शन गरिरहेका थिए । त्यहाँ वरपर गाउँका मानिसहरू पनि यी सहरियाहरूको व्यवहारबाट दिक्क माने ।
एक बिहान सडक खुलेको बताइयो । गाडी अगाडि बढाउन सारा ड्रात्रहरूले हरियो झन्डा हेर्ने मौका पाए । तर त्यही बेला मैले एक विचित्रको दृश्य (मन्जर) देखेँ । कुनै पनि ड्रात्र पहिला गाडी अगाडि बढाउन तयार थिएन । सबै गाडीहरू त्यहाँ रोकिएका थिए । यतापट्टिका पनि उतापट्टिका पनि । यो कुरामा कुनै शङ्का थिएन कि सडक कामचलाउ अवस्थाको थियो । सायद खतरनाक पनि थियो । हाम्रो एकातर्फ पहाड थियो । अर्कोतर्फ गहिरो खोँच र तल नदी बगिरहेको थियो । जोखिमयुक्त परिस्थिति थियो । पिडब्लुडीका कर्मचारीहरूको सडक बनाउने जिम्मेवारी थियो । उनीहरूले सूक्ष्मरूपले निरीक्षण गरेका थिए । उनीहरूलाई थाहा छ कि सबै यात्रीहरूको जिम्मेवारी उनीहरूमाथि थियो । यी सबै देखी जानीबुझी ध्यान दिएर नै उनीहरूले सडक खोलेका थिए ।
तर त्यहाँ उपस्थित कुनै पनि मानिसले उनीहरूको फैसलामाथि भरोसा गरेको थिएन । कसैले पनि अगाडि बढ्ने हिम्मत देखाएन । यी मानिसहरू ती नै हुन् जसले अघिल्लो दिनसम्म सरकारी विभागका कर्मचारीहरूलाई कामचोर र नालायक भनी आरोप लगाइरहेका थिए । यही झन्झटमा आधा घण्टा बित्यो । एक जना पनि मानिस आफ्नो ठाउँबाट अघि बढेन । त्यहीबेला मैले हरियो रङको सानो स्पोटर््स् कार अगाडि आइरहेको देखेँ । कुनै अङ्ग्रेजले त्यो कार चलाइरहेको थियो । कारमा ऊ एक्लै थियो । यतिका धेरै गाडी र मानिस त्यहाँ भेला भएको देखेर ऊ दङ्ग प¥यो । म पनि त्यही उभिएको थिएँ । आफ्नो स्मार्ट ज्याकेट र पाइन्ट लगाएको थिएँ । त्यो अङ्ग्रेजले मलाई सोध्यो – के भएको हो ?
मैले उसलाई सबै कुरा बताएँ । ऊ निकै चर्को हाँस्यो । आफ्नो कारको हर्न बजायो र सिधै अगाडि हुइँक्यायो । कुनै सङ्कोच नमानीकनै उसले सडकको खतरनाक भाग पार ग¥यो । उसले सडक पार गरेपछि नै स्थिति बदलियो । त्यसपछि खतरनाक भाग तर्न हरेकलाई हतार भयो । एक अर्कोभन्दा छिटो अगाडि जान चाहन्थे । सबैभन्दा पहिला निस्कन चाहन्थे । त्यही घम्साघम्सीमा त्यहाँ ठूलै गोलमाल मच्यो । सयौँ गाडीहरूको इन्जिन र हर्नको आवाज सुनी साध्य थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *