निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले एमाले र माओवादी गठबन्धन वामपन्थी गठबन्धन नभएको टिप्पणी गर्नुभएको छ । भक्तपुर, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले एमाले र माओवादी गठबन्धन वामपन्थी गठबन्धन नभएको टिप्पणी गर्नुभएको छ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले आयोजना गरेको बृहत् शिक्षक भेलामा बोल्दै अध्यक्ष रोहितले एमाओवादी सरकारमा रहेको र एमालेले सरकारले पेश गरेका हरेकजसो विधेयकमा समर्थन जनाएकोले ती पार्टी वामपन्थी नभएको बताउनुभयो । उहाँले ती दुबै पार्टी कम्युनिष्ट नभएको भन्दै प्रतिपक्षले सरकारको कमजोरी औंल्याउनुपर्नेमा उल्टो समर्थनमा मत दिंदै आएको उल्लेख गर्नुभयो । अध्यक्ष रोहितले भन्नुभयो, ‘वाम गठबन्धन कम्युनिष्ट होइन । मजदुर र किसानको पक्ष नलिने कसरी कम्युनिष्ट हुनसक्छन् ?’ एमाले चार पटक सरकारमा गयो, माओवादी ३ पटक तर घोषणापत्रअनुसार काम गरेनन् भन्दै उहाँले ती पार्टीले निःशुल्क शिक्षा र स्वास्थ्यबारे केही नगरेको बताउनुभयो । अध्यक्ष रोहितले नेपाली काङ्ग्रेस लोकतान्त्रिक नभएको भन्दै संसदीय समितिको बैठकसमेत नगर्ने पार्टी कसरी लोकतान्त्रिक हुनसक्छ भन्नुभयो । उहाँले एमाले ठगहरूको पार्टी भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेसमा शोषक, ठेकेदार, भ्रष्टाचारीको पार्टी भएको चर्चा गर्नुभयो । कार्यक्रममा नेमकिपाका सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेमकिपाले निर्वाचनलाई वर्गसङ्घर्षको रुपमा लिएको भन्दै पूँजीवादी पार्टी र कम्युनिष्ट नामधारी पार्टीविरुद्ध नेमकिपाले उम्मेदवारी खडा गरेको विचार राख्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले शिक्षकले राजनीति गर्नु स्वाभाविक भएको भन्दै देशभक्त नागरिक बनाउन शिक्षक क्रियाशील हुने आशा व्यक्त गर्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर क्षेत्र नं २, प्रदेश १ का उम्मेदवार सरोजराज गोसाईले शासक पार्टीहरूको निर्वाचन घोषणापत्र झूटको दस्तावेज भएको चर्चा गर्नुभयो । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका अध्यक्ष एवम् नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नं. १, प्रदेश २ का उम्मेदवार सुरेन्द्रराज गोसाईले देश जोगाउने अभियानमा शिक्षकहरू पनि समावेश हुनुपर्ने धारणा राख्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष एवम् भक्तपुर क्षेत्र नं. १, प्रदेश १ का उम्मेदवार नीरज लवजूले देशको परिवर्तनको निम्ति उम्मेदवारी दिएको बताउनुभयो । इसानका अध्यक्ष एवम् भक्तपुर क्षेत्र नं. २, प्रदेश २ का उम्मेदवार प्रेमजन थापाश्रेष्ठले देश जोगाउने पार्टीलाई मतदान गर्नुपर्ने धारणा राख्नुभयो । इसानका महासचिव पुरुषोत्तम ग्वाछाको सभापतित्वमा भएको कार्यक्रममा इसानका केन्द्रीय सदस्य कृष्णबहादुर प्रजापतिले पनि बोल्नुभएको थियो ।








Leave a Reply