भर्खरै :

देशघातीहरुविरुद्ध नेमकिपाको उम्मेदवारी

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेस १ (चांगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको वडा नं १०) को निर्वाचन परिचालन समिति गठनको लागि आयोजित भेलामा उम्मेदवार सुवालले घोषणपत्रमा बाम गठवन्धनले सुशासन र समृद्धिको लागि बामपन्थी सरकार तथा नेकाले कांग्रेसकै नेतृत्वमा समृद्धिको अभिायान उल्लेख गरेको तर बहुदलीय प्रजातन्त्र पुनस्थापनापछिका २८ वर्षमा नेका दश पटक, एमाले चार र माओवादी तीन पटक सरकारको नेतृत्वमा पुगेर भारतीय भारतीय विस्तारवाद र एकाधिकार पूंजीको दलाल बनेको, महंगी र भ्रष्टाचार बढाएको, राजनीतिमा गुण्डा, कालाबजरी र तस्करीहरुको हालीमुहाली गराएको बताउनु भयो ।
उम्मेदवार सुवालले भारतीय शासकहरुले तत्काललाई नेपालको तराई मधेस झापादेखि कंचनपुरसम्म एक मधेश एक प्रदेश बनाउने र अन्ततः नेपाल सिक्किमजस्तै भारतमा गाभ्ने पुरानो योजनाअनुसार दुईतिहाई बहुमतसहित संविधान संशोधन गराउन बाम र लोकतान्त्रिक गठवन्धन गर्न लगाएको उल्लेख गर्नुभयो ।
उहांले नेपाल मजदुर किसान पार्टीको उम्मेदवारी शोषक वर्गविरुद्ध कामदार वर्गको, नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका संशोधनवाद र अवसरवादविरुद्ध माक्र्सवाद–लेनिनवादका पक्षधरहरुको, देशघातीहरुविरुद्ध देशभक्तहरुको, आचारसंहिताविपरीत पैसा बांड्ने र भोजभतेर खुवाउने अनैतिक दलहरुको विरुद्ध सिद्धान्त र विचारको लडाई भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *