जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
सुर्खेत, ७ पुस । नेपाल मजदुर किसान पार्टी सुर्खेतका पूर्वजिल्ला समिति सदस्य जीवनकुमार शाक्यको निधन भएको छ । सुगर र प्रेसरबाट पीडित शाक्य विगत २ वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो । पुस ६ गते राति ९ः३० को समयमा आफ्नै निवास वीरेन्द्रनगर ९ लाटीकोइलीमा उहाँको निधन भएको हो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतले शाक्यको निधनप्रति शोक व्यक्त गरेको छ । मृतक जीवन शाक्यको पार्थिव शरिरमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङ र नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले पार्टीको झन्डा ओढाउनुभयो ।
नेमकिपा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले शोक सन्देशमार्फत स्वर्गीय शाक्यको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले स्वर्गीय शाक्यले पार्टी र समाजमा गर्नुभएको योगदानको कदर गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।
सोही अवसरमा नेमकिपा सुर्खेतका पूर्वअध्यक्ष बमबहादुर शाही र कानुन अध्ययन समाजका टीकाप्रसाद पोखरेलले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
Leave a Reply