भर्खरै :

नवीन कृषि सहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

नवीन कृषि सहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, ७ पुस । नवीन कृषि सहकारीको ११ औँ वार्षिक साधारणसभा भनपा ७ को जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष शनिस लागेजूको आतिथ्य र संस्थाका अध्यक्ष सत्यबहादुर देशेमरुको सभापतित्वमा सम्पन्न भयो ।
उक्त सभामा उहाँले सरकारले कृषि उत्पादनमा जोड दिनुपर्ने र कृषकहरूले आफूले तोकेअनुसार मूल्य बजारमा नपाएको गुनासो पोख्नुभयो । उहाँले सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार सञ्चालन गरेका सहकारी व्यवस्थित भएको र कृषि सहकारी संस्थाहरूमा समस्या नभएको जानकारी दिनुभयो ।
संस्थाका सल्लाहकार न्हुछेभक्त कवांले पैसा सबैभन्दा ठूलो धन होइन, आफ्नो स्वास्थ्य नै ठूलो धन रहेको विचार राख्नुभयो ।
उक्त सभामा समय साकोसका उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछा र जय भीमसेन साकोसका उपाध्यक्ष देवभक्त गोसाईले शुभकामना व्यक्त गर्नुभयो ।
भेलाले रोहित गोर्खालीको नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति र रामकाजी शिल्पकारको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन ग¥यो ।
उक्त समयमा उत्कृष्ट कृषक (महिला र पुरुष) गरी २ जना र १ जना ज्येष्ठ सदस्यलाई सम्मान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *