बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ७ पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिको शिक्षा तथा बचत उपसमितिको आयोजनामा संस्थाका नयाँ सदस्यहरूको लागि शिक्षा शिविर कार्यक्रम संस्थाको प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन जतिले अहिलेको सहकारीको अवस्था र सहकारीको महत्व, संस्थाले गर्दै आएको सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारीबारे बहनका कुराबारे सुसूचित गर्नुभयो ।
संस्थाको बचत तथा ऋणसम्बन्धी कारोबारहरूको सेवा सुविधाबारे प्रस्ट्याउँदै उहाँले आर्थिक कारोबार सँगसँगै सामाजिक सेवा र सदस्यहरूलाई विभिन्न सीपमूलक तालिमहरू पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं शिक्षक तथा बचत उपसमितिका संयोजक कृष्णराम तुकंबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक उपसमितिका सदस्य मन्जुमैँया लाखाजुले संस्थाको स्थापना कालदेखि गरेका विभिन्न प्रगतिबारे बताउनुभयो ।
उक्त कार्यक्रममा सजीव मानन्धर र प्रबन्धक प्रशान्त मानन्धरलगायतले बोल्नुभएको थियो ।
Leave a Reply