अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा निर्वाचन भक्तपुर क्षेत्र नं २ (ख) का प्रत्यक्ष उम्मेदवार सरोजराज गोसाईले समाजवादी व्यवस्थामा मात्र सम्पूर्ण किसिमका शोषणहरुको अन्त्य हुने बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघले महान् अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा उम्मेदवार गोसाईले उक्त विचार राख्नुभएको हो । सन् १९१७ मा भएको अक्टोबर क्रान्तिका विषयमा बोल्नुहुँदै उहाँले संसारमा पहिलोपटक माक्र्सवादमा आधारित कामदार वर्गको राज्य स्थापना गर्न सफल क्रान्ति नै अक्टोबर क्रान्ति हो भन्नुभयो । सानोतिनो र तुच्छ स्वार्थमा अलमलिने मानिसहरुबाट क्रान्ति सम्भव नहुने बताउँदै उहाँले समाजवादी व्यवस्थाले कहिलेपनि नीजीकरणलाई बढावा नदिने बताउनुभयो । उहाँले नेपालमा कम्युनिष्ट पार्टीको नाममा एमाले र माओवादीहरुले ख्रुश्चेभको संशोधनवादी नीति पछ्याएको विचार व्यक्त गर्नुभयो ।
नेक्राविसंघ १२ औं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक नीरज लवजूले नेपालको कम्युनिष्ट आन्दोलनभित्र पनि नरोदवादी र अर्थवादीहरुको हावी हुँदै गएको बताउँदै क्रान्तिको निम्ति आन्तरिक र बाह्य परिस्थिति अनुकुल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले एमाले माओवादीले वैचारिकभन्दा पनि पद र पैसाको बलमा जनताहरुसंग मत किन्ने काम गरिरहेकोप्रति आलोचना गर्दै निर्वाचनलाई उपयोग गर्ने पार्टीको नीतिअनुरुप नै आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसंघका सविन ख्याजू, सुरेश परियार र कोपिला तामाङले पनि अक्टोबर क्रान्तिका विभिन्न चरणहरुको विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply