निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मध्यपुर, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने पार्टीहरूको दर्ता खारेज गर्नुपर्ने धारणा राख्नुभएको छ ।नेपाल प्राध्यापक समाजको आयोजनामा शनिबार मध्यपुरमा आयोजित प्राध्यापकहरूको भेलामा सम्बोधन गर्दै अध्यक्ष रोहितले वाम गठबन्धन वामपन्थी गठबन्धन नभएको र गठबन्धन चुनाव जित्ने र सत्ताभोगमा केन्द्रित रहेको बताउनुभयो । उहाँले एमालले प्रतिपक्षमा बसेर पनि सरकारको नीति तथा कार्यक्रमहरूको समर्थन गरेको उल्लेख गर्दै न्यायाधीश नियुक्तिलगायतमा सरकारसँग मिलेको विचार राख्नुभयो । अध्यक्ष रोहितले सरकारमा बस्ने एमाओवादी संसदीय भाषामा वामपन्थी हुनै नसक्ने धारणा राख्नुभयो ।एमाओवादीले भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा विरोध नगरेको भन्दै उल्टो सरकारलाई नाकाबन्दी लगाउनेसँग लचकता देखाउन दबाब दिएको प्रसङ्ग उठाउनुभयो ।उहाँले एमाले र माओवादी कम्युनिष्ट हुन्थे भने मजदुर र किसानको हकहितको निम्ति काम गर्थे, जमिन जोत्नेको र मजदुरलाई उचित ज्यालाको बन्दोबस्त गर्थे भन्नुभयो ।अध्यक्ष रोहितले लोकतान्त्रिक गठबन्धनमा रहेका पार्टीहरू अलोकतान्त्रिक भएको भन्दै संसदीय समितिको बैठकसमेत नगर्ने पार्टी कसरी लोकतान्त्रिक हुनसक्छ भन्नुभयो । उहाँले गठबन्धनमा प्रजातन्त्रविरोधी, हिन्दू धर्म र राजतन्त्रको पक्षपातिसँग साठगाँठ गर्ने र क्षेत्रीय एवम् साम्प्रदायिक पार्टीहरू रहेको भन्दै ती गठबन्धनका पार्टीहरूलाई बेलायतको कन्जर्भेटिभ पार्टीसँग तुलना गर्नुभयो । संसदमा कोरम नपु¥याएर बलको आधारमा विधेयक पारित गर्ने कसरी प्रजातान्त्रिक हुनसक्छन् ? उहाँको तर्क थियो ।शासक पार्टीका घोषणापत्रमा हावादारी कुरा उल्लेख गरिएको टिप्पणी गर्दै अध्यक्ष रोहितले नेमकिपाले चुनावलाई प्राज्ञिक तथा सैद्धान्तिक सङ्घर्षको रुपमा लिने विचार राख्नुभयो ।दक्षिण एसियामा भारतीय एकाधिकार पूँजीको थिचोमिचोको विरोध गर्नुपर्ने उल्लेख गर्दै उहाँले सार्कमा समेत भारतले जे भन्यो त्यही हुने गलत भएको धारणा राख्नुभयो । अध्यक्ष रोहितले नेमकिपाको निर्वाचन घोषणा पत्रले पूँजीवादी तथा संशोधनवादी पार्टीहरूको खण्डन गर्ने बताउनुभएको छ । कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले नेमकिपाले क्रान्तिकारी संसदवादको सिद्धान्तअनुसार काम गर्न निर्वाचनमा भाग लिएको भन्दै शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने विधेयकमा हुन्न भनी हात उठाउने शासक पार्टीको विरोधमा जनमत खडा हुनुपर्ने विचार राख्नुभयो ।उहाँले सीमा अतिक्रमण हुँदा नबोल्ने पार्टीहरू भारतीय दलाल भएको टिप्पणी गर्नुभयो । शासक पार्टीहरूले निर्वाचन घोषणापत्रमार्फत अनेक आश्वासनको पोका बाँडिएको भन्दै ती पार्र्टी असक्षम प्रमाणित भएको विचार राख्नुभयो ।
कार्यक्रममा प्रा. पृथुचरण वैद्यले देश सड्ढटको अवस्थामा रहेको भन्दै बौद्धिक वर्गले आँखा चिम्लनु नहुने तर्क राख्नुभयो ।नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले पूर्वाधार पूरा भएको ख्वप विश्वविद्यालय स्थापनाको निम्ति नेमकिपाले लड्ने धारणा राख्नुभयो । नेपाल प्राध्यापक समाजका अध्यक्ष एवम् भक्तपुर निर्वाचन क्षेत्र नं को प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार सरोजराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवारहरू प्रेमजन थापाश्रेष्ठ, नीरज लवजू र समाजका उपाध्यक्ष प्रकाश श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply