भर्खरै :

माओ जन्मदिवसमा कैलालीमा कार्यकर्ता प्रशिक्षण

माओ जन्मदिवसमा कैलालीमा कार्यकर्ता प्रशिक्षण

कैलाली, ११ पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा विश्व सर्वहारा वर्गका नेता एवं चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको जन्म दिवसको अवसरमा लम्किचुहामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अध्यक्ष माओको योगदानबार जानकारी दिँदै चीन विश्व महाशक्ति बन्न सक्नुमा अध्यक्ष माओको नेतृत्वको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनक्रान्ति सफलतापूर्वक सम्पन्न भएको स्पष्ट पार्दै उहाँले माक्र्सवादलाई चिनियाँ भूमिमा सफलतापूर्वक सम्पन्न गरी माओ विचाराधारा स्थापित भएको बताउनुभयो ।
हमासलाई आक्रमण गर्ने निहुमा इजरायलले सर्वसाधारण प्यालेस्टिनी जनताका हत्या गरिरहेकोले विश्वभरका न्यायप्रेमी जनताले इजरायलको विरोध गरिरहेका छन्, उहाँले भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश कुमार रावलले माओ त्सेतुङकै नेतृत्वमा चीनले जापानी साम्राज्यवादलाई परास्त गर्न सकेको बताउनुभयो ।
माओका विभिन्न रचनाहरू अध्ययन गरी कार्यकर्ताहरूले व्यवहारिक र सांस्कृतिकस्तर उकास्नुपर्नेमा जिल्ला अध्यक्ष रावलले जोड दिनुभयो ।
नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले माओको जीवनी र जीवन सङ्घर्षबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घ कैलाली अध्यक्ष लक्ष्मी पुन, गगनबहादुर थापामगर, ज्योति बडुवाल, धनबहादुर थापा, भक्तिप्रसाद न्यौपाने, गजबहादुर दर्लामी, जानकी शाही, प्रेम बडुवाललगायतले बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपा कैलालीको आयोजनामा पुस ७ गते जोसेफ स्तालिनको जन्म दिवसको अवसरमा लम्किचुहामा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही, नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावल, लक्ष्मी पुन, गगनबहादुर थापामगर, ज्योति बडुवाल, गुप्तबहादुर शाही, प्रेम बडुवाल, हिक्मत भण्डारीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *