शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
केही प्रचार माध्यमहरूले भौतिक विकास र राजनैतिक व्यवस्थालाई जोडेर बयान गर्दै छन् तथा प्रजातन्त्रबारे धेरै भ्रम फैलाउँदै छन् । उपनिवेशकालमा सबै उपनिवेशहरू (साम्राज्यवादी देशहरू अर्थात् युरोपेली देशहरू) मा संयुक्त राज्य अमेरिकाका पाठ्यपुस्तकहरू पढाएर सबै विकासशील देशहरूका बुद्धिजीवीहरूलाई औपनिवेशिक र पुँजीवादी विचारबाट प्रभावित पारेका छन् । कङ्गोमा १९६० को दशकमा निर्वाचित प्रधानमन्त्री पेट्रिस लुमुम्बा र उनका साथीहरूको हत्या गर्दै प्रजातन्त्रको नाममा पश्चिमाहरूले कङ्गोमा लामो समयसम्म सैनिक शासन चलाए ।
आफू मर्नुभन्दा पहिला लुमुम्बाले पत्नीलाई लेखेको पत्रमा उल्लेख गरेको थियो, “अफ्रिकाको इतिहास अफ्रिकीहरूले नै लेख्नुपर्छ, त्यो इतिहास युरोपका राजधानीहरूमा पढाइने इतिहासभन्दा फरक हुनेछ ।”
त्यस्तै प्रजातन्त्रको परिभाषा र व्यवहारमा प्रयोग गर्दा उल्टो भएको आज संसारका जनताले अनुभव गर्दै छन् । यसकारण, नेपाली प्रचारयन्त्र र नेपाली बुद्धिजीवीहरूले पश्चिमी प्रचार र साहित्यलाई आलोचनात्मक दृष्टिले हेर्नु आवश्यक छ ।
अमेरिकी संविधानको सुरुमा अमेरिकामा रगत पसिना बगाउने अफ्रिकी दास र महिलाहरूलाई मत दिने अधिकारसमेत थिएन । आज पनि संयुक्त राज्य अमेरिकामा नागरिकताविहीन जनता लाखौँ छन् र आर्थिक असमानता र जातीय भेदभाव व्यापक छ । मतदानमा मुस्किलले एकतिहाइ नागरिकहरूले मात्र मतदानमा भाग लिन्छन् । निर्वाचनमा पनि अर्बपति र खर्बपति पुँजीवादी दलका उम्मेदवारहरूमात्रै विजयी हुन्छन्† १०–२० प्रतिशत नागरिकहरूको मतले तिनीहरू विजयी घोषणा हुन्छन् । ‘कम्युनिस्ट पार्टी’ लाई संयुक्त राज्य अमेरिकामा प्रतिबन्ध छ । त्यहाँका मुख्य दलहरू ‘गणतान्त्रिक’ र ‘प्रजातान्त्रिक’ पार्टी हुन् । तिनीहरूमात्रै बरोबर सत्तामा पुग्छन् र स–साना मतभेदबारे कुनै देशमाथि आक्रमण गर्नुपर्दा र विदेशी राष्ट्रपति वा प्रधानमन्त्रीहरूलाई हत्या गर्दा ती दुवै पार्टीको एकमत हुन्छ । जुनसुकै दलको सरकार आए पनि परराष्ट्र नीति र घरेलु नीतिमा मौलिक कुनै परिवर्तन हुने गर्दैन । यसकारण, अमेरिकी प्रजातन्त्र र दलीय व्यवस्था ‘सिक्काका दुई पाटा’ जस्तो मात्रै छ ।
नेपाली बुद्धिजीवीहरूले प्रजातन्त्रको दोस्रो केन्द्र मानिने कुनै बेला ‘सूर्य नअस्ताउने देश’ बेलायत अर्थात् पृथ्वीको चारैतिर आक्रमण हत्या, हिंसा, क्रिश्चियन धर्म र जालसाजीबाट आज जसरी इजरायलले गाजापट्टीमा आक्रमण ग¥यो त्यस्तै आक्रमण हवाईजहाज र रकेटबाट होइन बरु पानीजहाज र बन्दुकले आक्रमण गरेर उपनिवेशहरू बनाएको थियो । उपनिवेशहरूबाट प्राकृतिक स्रोत दोहन गर्दै र त्यहाँका जनतालाई समेत ज्यामीको रूपमा लगी दासको रूपमा बेचेको थियो । बेलायती प्रजातन्त्र त्यस्तै हत्या र हिंसाबाट उठेको र समृद्धि प्राप्त देशमा रुढीवादी र उदारवादी दलहरू नै पालैपालो शासन गर्छन् । कहिलेकाहीँ ल्याबोर पार्टी (मजदुर पार्टी) पनि सरकारमा जान्छन् । नेपालमा एमाले, एमाओवादी, थरीथरीका समाजवादीहरूले जनतालाई दमन र शोषण गरिरहेको छ । त्यस्तै नेकाले जनतालाई दमन र शोषण गर्दै भारतीय एकाधिकार पुँजीलाई पूजा गरिरहेको छ । एमाओवादी, अनेक समाजवादी र जनमोर्चा पनि सरकारमा सहभागी भइ काङ्ग्रेसकै पदचिह्नमा ‘ताची’ गर्दै छन् ।
भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अन्य दक्षिण एसियाली देशका सरकारहरू पनि पुँजीवादी नै हुनाले तिनीहरू पुँजीपतिवर्गको सेवा गर्न र भारत–संयुक्त राज्य अमेरिकी एकाधिकार पुँजीको आदेश मान्छन् ।
भौतिक विकास र व्यापक जनतालाई काम–माम–कपडा र छानासमेत निःशुल्क शिक्षा र उपचारको बन्दोबस्त छ भने त्यो देशले विकास गरेको ठहर्छ । भारतका करोडौँ जनता आधा पेट खान विवश छन् भने त्यहाँको प्रजातन्त्र के काम लाग्यो ? शासन राम्रो हुन देशमा काम–माम–कपडा र छानाको बन्दोबस्तको साथै बहुमत कामदारको हक र हितको सुनिश्चितता हुनुपर्छ, जहाँ सरकारमा देशभक्त दलहरूलाई समेत समेटेको हुन्छ । जहाँ उत्पादनको साधन र सेवा निजी नभई सबै समाज र सरकारको हुन्छ त्यही देशको प्रजातन्त्र तुलनात्मकरूपले बेहत्तर हुन्छ । अत्यन्त बहुमत जनतालाई धोखामा राखेर गरेको समृद्धि र सम्पन्नता साँचो ‘प्रजातन्त्र’ र ‘विकास’ मान्न सकिन्न ।
Leave a Reply