भर्खरै :

चीनका वरिष्ठ नेता चियाङ चियन–कुओ भक्तपुरमा

चीनका वरिष्ठ नेता चियाङ चियन–कुओ भक्तपुरमा

भक्तपुर, ८ भदौ । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिको स्थायी समितिका सदस्य चियाङ चियन–कुओ
(Jiang Jianguo) ले २०८३ भदौ ४ गते भक्तपुरको अवलोकन भ्रमण गर्नुभयो ।
चीनको मानव अधिकार अध्ययन समाजका कार्यकारी उपाध्यक्ष तथा सीपीपीसीसीको जातीय तथा धार्मिक मामिला समितिका उपनिर्देशक रहेका चियाङसहित ६ सदस्यीय प्रतिनिधिमण्डल चारदिने भ्रमणको लागि भदौ २ गते काठमाडौँ आइपुगेको हो ।
चीनका वरिष्ठ नेता चियाङ र टोली सदस्यहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर लाय्कुको प्रवेशद्वारमा फूलको गुच्छा र खादा ओढाइ स्वागत गर्नुभयो ।
टोलीमा चिनियाँ मानव अधिकार अध्ययन समाजका उपमहासचिव रेन तान–होङ, सिचाङ (तिब्बत) स्थित समाज विज्ञान प्रतिष्ठानका उपाध्यक्ष पियनपा लाम्हु, चाइना तिब्बत अध्ययन केन्द्रअन्तर्गत समकालीन अध्ययन संस्थानका निर्देशक चाङ स्–र्र–काओ, दक्षिण–पश्चिम राजनीतिक विज्ञान तथा कानुन विश्वविद्यालयअन्तर्गत मानव अधिकार संस्थानका सहायक डीन सियाओ ऊ, चीन मानव अधिकार अध्ययन समाजको सचिवालयका कर्मचारी चुआङ लीनको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *