शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
भक्तपुर, १३ पुस । आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार भारती आधारभूत विद्यालयको संयोजनमा शुक्रबार आधारभूत विद्यालयस्तरीय चम्चा दौड प्रतियोगिता सम्पन्न भयो ।
आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष तथा भीम आदर्श आविका प्रअ दीपक माकको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगितामा उहाँले सिकाइलाई लामो समयसम्म दीगो राख्न र विद्यार्थीहरूको प्रतिभा प्रफुस्टनको लागि साझा मञ्चको रूपमा आधारभूत विद्यालय समिति रहेको र विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिकजस्ता सर्वाङ्गीण पक्षको विकासमा समिति सक्रिय रहेको बताउनुभयो ।
उहाँले शिक्षा सरकारको दायित्व भएकोले देशको समग्र र दिगो विकासको लागि शिक्षामा लगानी वृद्धि गरी विद्यालयहरूलाई थप सबल बनाउन जोड दिँदै विद्यालयको जगको रूपमा रहेको आधारभूत विद्यालयको सुधार र विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो
उक्त प्रतियोगिताका निर्णायक एवं समितिका सचिव तथा हंसबाहिनी आविका प्रअ सूर्यबहादुर फोँजूले किताबी ज्ञानले मात्र विद्यार्थीहरू निप्रण नहुने बताउँदै मित्रवत् व्यवहारमा खेल खेल्नुपर्ने बताउनुभयो ।
प्रतियोगिता सञ्चालनको संयोजन गरेको विद्यालयका प्रअ शर्मिला लोहलाले स्वागत गरेको सो कार्यक्रममा बरदायिणी आविका प्रअ कृष्णगोपाल आचार्यले पनि बोल्नुभएको थियो ।
कक्षा १ देखि ३ सम्मको २० मिटर छात्र चम्चा दौड प्रतियोगितामा ज्ञानविजय आविका कमल लुङ्गेली मगर प्रथम, तारा माविका महेश तामाङ द्वितीय, बालमन्दिर आविका भोजन राज न्यौपाने तृतीय तथा भारती आविका सोनाम तामाङ र उदय आविका आयुष सुनार संयुक्तरूपमा सान्त्वना भएका थिए ।
कक्षा १ देखि ३ सम्मको २० मिटर छात्रा चम्चा दौड प्रतियोगितामा बरदायिणी आविका आशिका बजगाई प्रथम, शारदा आविका ज्योति बिक द्वितीय, तारा माविका ज्योतिकुमारी शाह तृतीय तथा भारती आविका खुसी वाइवा र बालसेवक आविका आयुष सुनार संयुक्त रूपमा सान्त्वना भएका थिए ।
कक्षा ४ देखि ५ सम्मको २० मिटर छात्रा चम्चा दौड प्रतियोगितामा दत्तात्रय आविका समिर गुरुङ प्रथम, तारा माविका निरञ्जनकुमार रजक द्वितीय, भीम आदर्श आविका बिलाल मन्सुरी तृतीय तथा भारती आविका सुशान्त दास बानियाँ र जनसेवा आविका सुशान्त बिक संयुक्तरूपमा सान्त्वना भएका थिए ।
कक्षा ४ देखि ५ सम्मको २० मिटर छात्र चम्चा दौड प्रतियोगितामा भारती आविका प्रतिमा तामाङ प्रथम, भीम आदर्श आविका दीपशिखा तामाङ द्वितीय, ब्रह्माचारिणी आविका कमना तामाङ तृतीय तथा जनसेवा आविका पुनम जिम्बा र सन्तति आविका एलिसा गौतम संयुक्तरूपमा सान्त्वना भएका थिए ।
कक्षा ६ देखि ८ सम्मको ३५ मिटर छात्र चम्चा दौड प्रतियोगितामा ज्ञानविजय आविका जीवन चौधरी प्रथम, नवीन आविका जलनाथ नेपाली द्वितीय, गणेश माविका रकिश श्रेष्ठ तृतीय र समाज सुधार माविका विवेक चौधरी सान्त्वना भएका थिए ।
कक्षा ६ देखि ८ सम्मको ३५ मिटर छात्रा चम्चा दौड प्रतियोगितामा दत्तात्रय आविका रबिना तामाङ प्रथम, नवीन आविका अफ्रिना खातुन द्वितीय, ज्ञानविजय आविका जस्मिन क्षेत्री तृतीय र गणेश माविका अस्मिन खातुन सान्त्वना भएका थिए ।
Leave a Reply