आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
चितवन, १४ पुस । सर्वहारावर्गका महान् नेताहरू स्तालिनको १४५ औँ र माओको १३० औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति चितवनको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवन जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले सर्वहारावर्गको निम्ति स्तालिन र माओ त्सेतुङले आफ्नो जीवन अर्पण गर्नुभएको बताउनुभयो । उहाँले नेताहरूको जीवन सङ्घर्षबाट पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु हरेक कार्यकर्ताको कर्तव्य हो भन्नुभयो । नेमकिपा नेपाली माटो सुहाउँदो समाजवादी राज्य व्यवस्था स्थापना गर्नको निम्ति निरन्तर राजनीतिक र सैद्धान्तिक सङ्घर्ष गर्दै आएको उहाँले बताउनुभयो ।
नेमकिपाका मोहन प्रजाले अध्ययनबिना व्यक्ति अपाङ्ग हुने बताउनुभयो । नयाँ कुरा सिक्न र अरूलाई बताउनको लागि आफूमा धेरै ज्ञान हुनुपर्दछ, उहाँले भन्नुभयो ।
उहाँले निरन्तर अध्ययनमार्फत स्तालिन र माओ विश्वका महान् क्रान्तिकारी नेताहरू बन्न सफल भएको हो भन्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ चितवनका जिल्ला अध्यक्ष ज्ञानेन्द्र प्रजाले असल कम्युनिस्टहरू आर्थिक समानतासहितको आर्थिक समृद्धि र विकासको निम्ति सङ्घर्ष गर्छन् भन्नुभयो । उत्पादनका मुख्यमुख्य साधनहरू सामाजिकीकरण, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम, कामअनुसारको ज्यालाको बन्दोबस्त गराउन कम्युनिस्टहरू सङ्घर्षशील हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका राजकुमार श्रेष्ठ, विद्यार्थी कृष्ण तामाङ, महिला सङ्घका लक्ष्मी चेपाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply